राजनीति समाचार

विजय पौडेलः ४३ वर्ष बिताएको एमाले छाडेर ठिक गरिएछ,

नेकपा एकीकृत समाजवादीका नेता डा.विजय पौडेलले चार दशकभन्दा बढी समय बिताएको नेकपा एमालेबाट अलग भएर ठीक गरिएको बताएका छन्।

चितवनमा जारी एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा भइरहेको ‘रमिता’ देखेपछि एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य डा.पौडेलले पार्टी छाडेकामा सन्तोष व्यक्त गरेका हुन्। हरेक राजनीतिक दल लोकतान्त्रिक होस् भन्ने चाहना राख्नु कर्तव्य सम्झन्छु।

त्यसमामथि जीवनका ४३ वर्ष बिताएको माले हुँदै एमाले बनेको दलबारे समिक्षा गर्न चाहनु स्वाभाविक हो’, नेता पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो दल तानाशाही बुर्जुवा गुटमा परिणत भएको देख्दा ढिलै भए पनि विद्रोह गरेर ठीक गरिएछ !तानाशाही मुर्दावाद!’ ।

अध्यक्ष केपी शर्मा ओलीसँग तीव्र मतभेदपछि तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले एमालेबाट आफ्नो समूह अलग गराई नेकपा एकीकृत समाजवादी गठन गरेका हुन्। उनको नेतृत्वमा गठित उक्त पार्टी अहिले गठबन्धनमा सरकारमा सामेल छ भने पार्टी फुटेकै कारण एमाले भने केन्द्रदेखि प्रदेशसम्म सरकारबाट बाहिरिएको छ।

माधव नेपालकै समूहमा रहेका भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायत १० जना पोलिटब्युरो सदस्य भने अन्तिममा माधव नेपालको साथ छाड्दै एमालेमै बसे। तर चितवनमा अहिले जारी १०औं महाधिवेशनमा ओलीले ‘तजबिज’मा नयाँ नेतृत्व घोषणा गरेपछि भीम रावल र घनश्याम भुसाल संघर्षरत छन्।

Related posts

उपत्यकामा पछिल्लो १४ दिनमै थपिए ३४ सय संक्रमित

civilkhabar

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ब्ल्याक होल र तारापुञ्जको अध्ययन गर्ने तीन वैज्ञानिकलाई

civilkhabar

दुबै खुट्टा नभएका बिदेशी आराेही गोरखाकाे मनासलु हिमाल चढ्दै

civilkhabar

Leave a Comment