मनोरञ्जन समाचार

तेस्रो पटक विवाह गर्दैछन् आमिर खान ? यस्तो छ कारण ?

बलिउड सुपरस्टार आमिर खान आजकाल आफ्नो तेस्रो विवाहको विषयमा चर्चामा आएका छन् । केही दिन अघि सार्वजनिक भएको खबर अनुसार आमिर एक बलिउड नायिकासँग तेस्रो पटक विवाह गर्ने तयारीमा छन् ।

फिल्म ‘लाल सिंह चड्डा’ सार्वजनिक भएपछि आमिर आफ्नो विवाहको घोषणा गर्नेछन् । अब यो विषयमा नयाँ जानकारी प्राप्त भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

आमिरले तेस्रो विवाह गर्ने सम्भावना कति?
आमिर खान आफ्नो फिल्मबाहेक नीजि जीवनका कारण पनि चर्चामा आउने गर्छन् । उनले सुरुमा रिना दत्तासँग विवाह गरेका थिए । त्यसपछि निर्देशक किरण रावसँग विवाह बन्धनमा बाँधिइन् । जुलाई ३ तारिखमा किरण र आमिरले आफ्नो सम्बन्धविच्छेद भएको घोषणा गरेका थिए । यी दुईको सम्बन्धविच्छेदको दोष नायिका फातिमा सना शेखमाथि लगाइयो । त्यसपछि आमिरले तेस्रोपटक विवाह गर्न लागेको खबर आयो । यो खबरलाई उनको नजिकको स्रोतले झुटो बताएका छन् ।

Related posts

देउवाले मनोनीत गरे प्रदीप पौडेलसहित ३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन

civilkhabar

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने पक्राउ

civilkhabar

आफ्नै निवासमा एक पत्रकारको हत्या

civilkhabar

Leave a Comment