राजनीति समाचार हाइलाइट-समाचार

आगामी चैत्र पहिलाे साता भित्रै स्थानीय तहको निर्वाचन !

स्थानीय तहको निर्वाचन आगामी चैत्र ५ सम्म गरिसक्ने निर्वाचन आयोगले प्रस्ताव राखेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरुबीच सोमबार साे बिषयमा छलफल भएको हाे ।

स्थानीय तहका सम्पूर्ण पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । २०७४ वैशाख ३१ मा चुनाव भएको ७ दिनदेखि गणना गर्दा कार्यकाल जेठ ५ गते सकिने आयोगको भनाइ छ ।

कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संविधानमा लेखिएपनि निर्वाचनसम्बन्धी कानुनमा म्याद सकिनुभन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने व्यवस्था छ । सोही आधारमा जेठ ५ अघि नै चुनाव गर्ने गरि आयोगले प्रस्ताव गरेको हो ।

भेटमा आगामी २१ फागुन ०७८ मा रिक्त हुने १९ जना राष्ट्रिय सभा सदस्यको निर्वाचन र स्थानीय तहको चुनाव कहिले गर्ने भन्नेबारेमा समेत छलफल भएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

बैठकमा प्रतिनिधि सभाका रिक्त चार सदस्य र प्रदेश सभामा रिक्त १८ सदस्य पदको उपनिर्वाचन सम्बन्धमा पनि प्रधानमन्त्री र आयुक्तहरूबीच छलफल भएको आयोगका सहसचिव भट्टराईले जानकारी दिए ।

उनका अनुसार निर्वाचनसम्बन्धी कानुनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानून सम्बन्धमा पनि छलफल भएको छ । मतदाता नामावली दर्तालाई सहज र पहुँचयोग्य बनाउन स्थानीय तहका केन्द्रसम्म पुगी मतदाता नामावली संकलन गर्ने र बाह्य जिल्ला मतदाता नामावली दर्ताको विषयमा पनि छलफल भएको छ ।

निर्वाचन प्रणालीलाई प्रविधियुक्त बनाउने विषय र सर्वोच्च अदालतको आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मतदान अधिकारसम्बन्धी कानुनी तथा प्राविधिक विषयमा पनि छलफल भएको सहसचिव भट्टराईले बताए । 

छलफलपछि निर्वाचन तथा उपनिर्वाचनका विषयमा सत्ता राजनीतिक दलहरूबीचमा छलफल गरेर निष्कर्षमा पुग्ने प्रधानमन्त्री देउवाले बताएको आयोगका सहसचिव भट्टराईले जानकारी दिए ।

Related posts

गोरखाकी पूर्णिमाले अन्नपूर्ण १ हिमाल आरोहण गर्ने

civilkhabar

अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको १०० गोल पूरा

civilkhabar

जनयुद्ध दिवशमा अरुलाई सम्झदा नारायणकाजीले किन छुटाए बाबुरामलाई ?

civilkhabar

Leave a Comment