गण्डकी प्रदेश राजनीति समाचार हाइलाइट-समाचार

चुमनुब्री बाहेकका ८७ वडामा एमालेले सक्याे वडा अधिवेशन, नेतृत्वमा ६० प्रतिशत युवा

गोरखा । हाल नेकपा एमालेकाे जिल्लाभर वडा अधिवेशन चलिरहेकाे छ । गत शनिबार एकैदिन देशैभर वडाकाे अधिवेशन सुरु गरेकाे एमालेकाे गोरखाका अधिकांश वडामा सर्वसम्मत समिती चयन गरिसकेकाे छ ।

११ स्थानीय तह रहेकाे गोरखामा चुमनुब्री गाउँपालिका बाहेक दश स्थानीय तहका सबै वडामा अधिवेशन सकिएकाे एमाले गोरखाका कार्यालय सचिव कृष्णबाबु कुवँरले सिभिलखबरलाई जानकारी दिए । जसमा शनिबार एकैदिन जिल्लाका ६६ वडामा अधिवेशन सम्पन्न भएकाे उनले बताए ।

दुई नगरपालिका र ९ गाउँपालिका रहेकाे गोरखामा ९४ वडा छन् । जसमा भुगोल विकट रहेकाे भन्दै चुमनुब्री गाउँपालिकाका ७ वटा वडामा हाल अधिवेशन स्थगित गरिएकाे एमाले गोरखाले जनाएकाे छ ।

शनिबार चुमनुब्री बाहेकका ८७ वडामा अधिवेशन सक्ने भनेपनि २१ वडामा तयारी नपुगेकाे र केहिमा नेतृत्वलाई लिएर भएकाे विवादका कारण अधिवेशन राेकिएकाे थियाे । राेकिएकाे २१ मध्ये १६ वडामा अधिवेशन आइतबार सम्पन्न भएकाे र बाँकी ५ वटा वडामा भने आज साेमबार बिहानबाटै अधिवेशन सुरु भएकाे कार्यालय सचिव कुवँरले बताए ।

जसमा अधिवेशन सम्पन्न भएका मध्ये एउटा वडाबाहेक सबैमा सर्वसम्मत वडा समिती चयन गरिएकाे छ । सर्वसम्मत हुन नसकेकाे आरुघाट गाउँपालिका १० मा भने वडाध्यक्षका लागि निर्वाचन भएकाे कुवँरकाे भनाई छ ।

वडाकाे नेतृत्वमा ६० प्रतिशत युवा

चुमनुब्री गाउँपालिकाकाे ७ वटा वडा बाहेक ८७ वडामा अधिवेशन सकेकाे नेकपा एमाले गाेरखाकाे अधिकांश वडाकाे नेतृत्वमा युवा आएका छन् । एमाले गोरखाका अध्यक्ष प्रेम गुरुङ्गका अनुसार हालसम्म अधिवेशन सकिएकाे वडाकाे तथ्यांक हेर्दा ६० प्रतिशत युवा पार्टीकाे वडा समितीमा आएका छन् ।

बिशेष गरेर बिधार्थी राजनितीमा सकृय रहेका युवाहरु पार्टीकाे वडा अध्यक्षदेखि बिभिन्न पदाधिकारी र सदस्य पदमा सर्वसम्मत चयन भएकाे उनले सिभिलखबरलाई बताए ।

वडा देखि हरेक तहमा एमालेकाे ५ जना पदाधिकारी रहने ब्यवस्था रहेकाे र साे पदमा अधिकांश युवाहरुकाे वर्चस्व रहेकाे अध्यक्ष गुरुङ्गकाे भनाई छ । जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई सहसचिव रहने ब्यवस्था छ ।

वडासमिती चयन गर्दा लिङ्ग, धर्म, जात लगायतलाई बिशेष ध्यान दिएर समावेशी बनाइएकाे उनले बताए । पार्टीकाे वडादेखि हरेक तहकाे नेतृत्वमा आउन कम्तीमा ५ बर्ष पार्टीकाे कृयाशिल राजनिती र संगठनमा काम गरेकाे हुन हुनुपर्ने ब्यवस्था बिधानले गरेकाे समेत अध्यक्ष गुरुङ्गकाे भनाई छ ।

चुमनुब्री बाहेकका पालिकामा वडाअधिवेशन सकेकाे एमालेले आगामी कार्तिक ९ गते गोरखाका १० पालिकाकाे अधिवेशन गर्ने गरी तयारी थालेकाे जनाएकाे छ ।

Related posts

राजदूत नियुक्तिमा राजनीतिक भागबन्डा हैन साझा सूची बनाऔं: नारायणकाजी श्रेष्ठ

civilkhabar

तनहुँमा प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरु

civilkhabar

गोरखामा सोमवार थप ३२ जनामा कोरोना संक्रमण

civilkhabar

Leave a Comment