गण्डकी प्रदेश शिक्षा समाचार समाज हाइलाइट-समाचार

गोरखाका ४ पालिकाका बिधार्थीलाई चाइना फाउण्डेशनले दियाे अत्यावस्यक सामाग्री

गोरखा । चाइना फाउण्डेशन फर पोभर्टी इल्लिभिएशन नामक संस्थाले ४ स्थानीय तहका बिधार्थीलाई अत्यावस्यक साामग्री सहयाेग गरेकाे छ । संस्थाले गोरखाका ४ पालिकाका गरी करिब दुई हजार विद्यार्थीलाई झाेलासहित विभिन्न शैक्षिक तथा स्वास्थ्य सरसफाइसम्बन्धी सामग्रीहरुले सहयाेग गरेकाे हाे ।

जसमा सबैधन्दा बढि सिरानचाेक गाउँपालिकाका बिधार्थी लाभान्वित भएका छन् । संस्थाले सिरानचाेकका ११ बिधालयमा अध्ययनरत १ हजार १ सय ७४ बिधार्थीलाई साे सहयाेग सामाग्री प्रदान गरेकाे हाे ।

फाउण्डेशनले बिधार्थीलाई आवस्यक झोलासहित शैक्षिक सामाग्रीमा कापी, कलम, कलर चित्रकलाका कापी, ज्वमिट्री बक्स, पानी खाने बाेतल, खाजा राख्ने हड्केश, लगायत स्वास्थ्य सुरक्षा र सरसफाईका सामाग्री जस्तै ब्रस, मञ्जन, मास्क, नङकट, रुमाल लगायतका सामग्री सहयाेग गरेकाे गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए । सामाग्री कक्षा शिशुदेखि ७ सम्म अध्ययनरत बिधार्थीलाई प्रदान गरिएकाे उनले बताए ।

त्यस्तै संस्थाले गोरखा नगरपालिका ६ को बालमन्दिर माविका १८७ जना, गोरखा नगरपालिकाकै विन्दवासिनी माविका २३७ जना विद्यार्थीलाई समेत साे सामाग्री सहयाेग गरेकाे छ ।

यसैगरी शहीद लखन गाउँपालिका वडा नं. ३ स्थित गंगाधर्म आधारभूत विद्यालयका ७६ जना, त्रिवेणी प्राविका ३१ जना र करनटार प्राविका २१ जना र गण्डकी गाउँपालिका २ भलायडाँडा प्राविका ८४ जना र पशुपति प्राविका ४२ जनालाई पनि सो सामग्री हस्तान्तरण गरिएको फाउण्डेशनका कार्यक्रम संयोजक सुरेश प्याकुरेलले जानकारी दिए ।

एक जना विद्यार्थीलाई करिब दुई हजार पाँच सय रुपैयाँ बराबरको प्रदान गरिएकाे समेत प्याकुरेलले बताए ।

राष्ट्रिय अपांग पुनर्वास समाज नामक गैरसरकारी संस्थाको संयोजनमा सो फाउण्डेशनले सहयोग गरेको संस्था र विद्यालयका बीच सहजीकरण गरेका धिरन थापाले जानकारी दिए ।

Related posts

युरोकप आजदेखी, उद्घाटन खेलमा इटली र टर्की भिड्दै

civilkhabar

नयाँ रणनीति तय गर्न माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

civilkhabar

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

civilkhabar

Leave a Comment