गण्डकी प्रदेश धर्म/संस्कृति समाचार समाज हाइलाइट-समाचार

बडादशैं अन्तर्गत आज महाअष्टमी पर्व, गोरखकाली र मनकामना मन्दिरमा भक्तजनकाे घुँइचाे

गोरखा । बडा दसैँ अन्तर्गत आज महाअष्टमी पर्व। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज हिन्दू धर्मावलम्बी नेपालीले दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन्।

बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गर्ने परंपरा छ। आज दसैँघर, कोतघर लगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ। 

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा.रामचन्द्र गौतम बताउछन्।

आज गोरखाकाे गोरखकाली मन्दिर, मनकामना मन्दिर लगायत हिन्दु धर्मावलम्बीहरुकाे शक्तीपिठका रुपमा रहेका मन्दिरहरुमा बिहानैदेखि पशु बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनको भीड लागेकाे गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि प्रसाद भुषालले सिभिलखबरलाई बताए ।

आजका दिन गोरखकाली मन्दिरमा बिहान बाँनिया थरका समुदायले मुसुरे कडुस ल्याएपछि सेताे र राताे रंग मिसिएकाे ध्वजा पतकाले सिङ्गारेर लिङ्गा अथवा आलम ठड्याउने काम भएकाे छ भने विधी अनुसारकाे पूजासहित सरकारी बलिकाे तयारी भएकाे भुषालकाे भनाई छ ।

गोरखकाली मन्दिरमा बिहान सवेरैदेखि सयाैकाे संख्यामा भक्जनकाे लाइन रहेकाे आज सर्वसाधारणबाट करिब ४ सयदेखि ५ सयसम्म बलि हुने अनुमान दरबार हेरचाह अड्डाकाे छ । बिशेष गरेर राँगाे, बाेका, सुँगुर, भेडा, कुखुरा लगायतका पशुपंक्षीकाे बलि दिने प्रचलन रहेकाे उनले सिभिलखबरलाई बताए ।

यता मनकामना मन्दिरमा समेत बिहानै देखि भक्जनकाे भिड लागेकाे बताइएकाे छ ।

तस्विर : रञ्जित श्रेष्ठ

आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ। यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो । 

तस्विरहरु : मिलन राना मगर/ गोरखा दरबार

Related posts

म्याग्दीमा पहिरोले पुरिएर २ जनाको मृत्यु

civilkhabar

नेप्सेमा ऐतिहासिक रेकर्ड

civilkhabar

भारतमा एकैदिन भेटिए ६८ हजार बढी कोरोना संक्रमित

civilkhabar

Leave a Comment