गण्डकी प्रदेश धर्म/संस्कृति समाचार समाज हाइलाइट-समाचार

परम्परागत पिङकाे जगेर्नामा जुटे सिमलगैरीका युवा

गोरखा । गोरखा नगरपालिका ८ सिमलगैरीका युवा परम्परागत पिङकाे संरक्षणमा जुटेका छन् । वडादशैं लगायतका चाडपर्वका अवसरमा सिमलगैरी, नाैविसे, खल्लुबाेटे, बगैचा, आलेगाउँ लगायत टाेलका युवा मिलेर सिमलगैरीमा बिभिन्न प्रकृतीका पिङ हालेका हुन ।

पूर्खादेखि चलिआएकाे रिती र संस्कृतीकाे जगेर्ना गर्ने साथै चाडपर्वमा गाउँमा मनाेरञ्जन दिने उदेश्यले सिमलगैरी चाैतारामा राेहटेपिङ, लिङ्गे पिङ र झाँते पिङ एक साथ हालिएकाे बताइएकाे छ ।

गोरखा नगरपालिका, वडा कार्यालयकाे सहयाेग र वन डिभिजन कार्यालय गोरखाकाे समन्वयमा पिङकाे ब्यवस्थापन भएकाे स्थानीय दिपक मालबुलले बताए । केहि बर्षदेखि साे स्थानमा पिङ हाल्न छाडिएकाे र यस बर्षदेखि स्थानीय युवाहरुकाे सकृयतामा पुन सुरु गरिएकाे बताइएकाे छ ।

पछिल्लाे समय आधुनिकतासंगै परम्परागत पिङ लगायतका माैलिक चलन, संरचना र मनाेरञ्जनका साधनहरु लाेप हुने अवस्थामा पुगेकाे भन्दै त्यसकाे निरन्तरताका लागि सिमलगैरीमा पुन बिभिन्न प्रकृतीका पिङ स्थापना गरिएकाे शरण श्रेष्ठकाे भनाई छ ।

स्थापना गरिएकाे तिन थरीका पिङमध्ये राेहटेपिङ भने बिशेष मानिन्छ । जसमा खाँबाे, पाँखुरी, डण्डी, पिर्का, मादल, बाँ, पखेटा लगायतमा काठकाे प्रयाेग गरी निर्माण गर्ने चलन छ । पिङकाे साेमबार एक कार्यक्रमकावीच गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गरेका हुन ।

सिमलगैरी टाेल विकास संस्थाका अध्यक्ष भेष बहादुर आलेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपमेयर विना कुमारी श्रेष्ठ, वडाध्यक्ष कृष्ण बहादुर खत्री, नेपाली काँग्रेसका वडासभापति लेखबहादुर थापा मगर, स्थानीय रामप्रसाद अर्याल, राम कुमार बस्नेत, पवित्रा राना लगायतले मन्तब्य राखेकाे भाइकाजी मालबुलले बताए ।

कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरुले आफ्नाे संस्कृती, चालचलन र रीतिलाई भुल्न नहुने बताएका थिए ।

Related posts

लायन्स क्लब गोरखा सिटिको अध्यक्षमा गुरुङ

civilkhabar

गोरखा क्षेत्र नं. २ का कांग्रेसले अब रुख बाहेक अन्यत्र भोट हाल्नुपर्दैन : नेता पाण्डे

civilkhabar

सिन्धुपाल्चोकमा बाढीले सिंगाे बजार नै बगायाे, २ को मृत्यु, १८ जना बेपत्ता

civilkhabar

Leave a Comment