खेलकुद गण्डकी प्रदेश समाचार समाज

अजिरकाेट ४ मा फुलपातीका दिनबाट भलिबल प्रतियाेगिता सुरु हुने, २९ गते खुल्ला नृत्य

गोरखा । बडादशैं लगायतका चाडपर्वका अवसरमा गोरखाकाे अजिरकाेट गाउँपालिका ४ मा भलिबल प्रतियाेगिता आयाेजना गरिएकाे छ । गोगनपानी युवा क्लबद्धारा आयाेजना गरिएकाे भलिबल प्रतियाेगिता असाेज २६ अर्थात फुलपातीका दिनदेखि सुरु हुने बताइएकाे छ ।

काेराेना महामारी र संक्रमण फैलिने जाेखिमका कारण दुइ बर्षयता खेलकुद लगायतका मनाेरञ्जनका गतिविधी बन्द भएकाे र अबका दिनलाई पुरानै अवस्था र लयमा फर्काउने उदेश्यका साथ भलिबलसंगै बिभिन्न मनाेरञ्जनका कार्यक्रम आयाेजना गरिएकाे क्लबका बरिष्ठ सल्लाहकार माेहन गुरुङ्गले जानकारी दिए ।

प्रतियाेगितामा प्रथम हुने टिमले नगद २० हजार, दाेस्राे हुनेले १५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयाेजक क्लबले जनाएकाे छ । त्यस्तै भलिबलसंगै असाेज २९ गते खुला नृत्य प्रतियाेगिता समेत आयाेजना गरिएकाे बताइएकाे छ ।

खेलकुदसंगै माैलिक संस्कृतीकाे जगेर्ना गर्ने उदेश्यका साथ नृत्य लगायतका साँस्कृतिक कार्यक्रम समेत आयाेजना गरिएकाे क्लबले जनाएकाे छ । नृत्यमा प्रथम, द्धितिय र तृतिय हुनेलाई समेत नगदसहित प्रमाणपत्रकाे ब्यवस्था गरिएकाे छ ।

Related posts

इक्वेडरविरुद्ध मेसीले खेल्न पाउने

civilkhabar

गोरखाका ११ मध्ये ८ पालिकामा देखियाे काेराेना

civilkhabar

सामाजिक सञ्जालमार्फत भएकाे आम्दानी अब नेपालकै बैंक खातामा आउने

civilkhabar

Leave a Comment