अर्थ प्रदेश २ राजनीति समाचार

वडाध्यक्ष घुससहित पक्राउ

महोत्तरीबाट १० हजार रुपैयाँ घुससहित एक वडाध्यक्ष पक्राउ परेका छन्। 

मटिहानी नगरपालिका वडा नम्बर–५ का वडाध्यक्ष रामबहादुर महतोलाई आइतबार १० हजार घुससहित अख्तियारले पक्राउ गरेको हो।  

जन्मदर्ता प्रमाणितको सिफारिस दिए बापत १० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले वडाध्यक्ष महतोलाई रंगेहात पक्राउ गरेको हो।

महतोलाई १० हजार रुपैयाँ लिइसकेको अवस्थामा रकमसहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

Related posts

मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु

civilkhabar

४० कटेसी रोग प्रतिरोधी क्षमता बढाउन खानुहोस् यी ८ खानेकुरा

civilkhabar

एनसेलको गज्जबको डेली जिबी प्याक कति रुपैयाँमा कति लिन सकिन्छ ?

civilkhabar

Leave a Comment