गण्डकी प्रदेश राजनीति समाचार हाइलाइट-समाचार

गण्डकीमा फेरी थपियाे मन्त्री, डोबाटे विश्वकर्माले आजै सपथ लिने

पोखरा । नेपाली कांग्रेसका प्रदेश सांसद डोबाटे विश्वकर्मालाई मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज मन्त्री बनाउने भएका छन् । यसबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग मुख्यमन्त्रीसँग सहमति लिइसकेका छन् ।

विश्वकर्माले आज साँझ ५ बजे विनाविभागीयमन्त्रीको रूपमा शपथ लिने दोबाटेले पुष्टि गरे । तर उनकाे मन्त्रालय कुन हुने भन्ने बारे भने खुलाइएकाे छैन ।

कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था संविधानमा छ । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् ।

Related posts

लकडाउनको पाचौं दिन : न्यूनतम आवागमन खुल्ला गरिने

civilkhabar

लकडाउनमा मनको स्याहार कसरी गर्ने ?

civilkhabar

शुक्रबारबाट गोरखाका सबै धार्मिक स्थल खोल्ने प्रशासनको निर्णय

civilkhabar

Leave a Comment