मनोरञ्जन समाचार

वैवाहिक जीवनमा बाँधिए सुदर्शन र सुप्रिया


काठमाडौं । निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल सुप्रिया कटुवाल वैवाहिक जीवनमा बाँधिएका छन् । गत २१ भदौमा इन्गेज्मेन्ट गरेका यो जोडीको शुक्रबार बालुवाटारको एक होटलमा वैवाहिक समारोह चलिरहेको छ ।

एक वर्ष लामो प्रेम सम्बन्ध विवाहमा परिणत गरेका सुदर्शन जन्ती सहित सुप्रिया लिन बालुवाटारको एक होटल पुगेका छन् । नजिकका आफन्त, केही फिल्मकर्मी लगायत विवाह समारोहमा सहभागी छन् ।

विवाह समारोह आयोजना गरिएको होटलमै केही दिन अगाडि सुप्रियाको मेहन्दी कार्यक्रम समेत राखिएको थियो ।

मेहन्दीमा सुप्रियाका नजिकका साथीहरु सहभागी थिए । सुप्रिया मोडलिङ हुँदै पछिल्लो समय टेलिभिजनमा समाचार बाचिकाको रुपमा कार्यरत छिन्, भने सुदर्शन फिल्म निर्देशन गरेका सक्रिय छन् ।

Related posts

अब कक्षा १२ को परीक्षा गर्दा १५ दिनअगाडि नै सूचना दिइने

civilkhabar

कोरोना संक्रमणबाट ३३ वर्षीय युवकको मृत्यु

civilkhabar

४ करोड २७ लाख बराबरको सुन बरामद

civilkhabar

Leave a Comment