समाचार समाज स्वास्थ्य हाइलाइट-समाचार

बुधबार थप एक हजार ४३ मा कोरोना संक्रमण, १२ जनाको मृत्यु


नेपालमा बुधबार थप एक हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार चार सय ६५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

आज ११ हजार एक सय ६५ जनाको पिसिआर परीक्षण र चार हजार ३ सय जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल १६ हजार १९४ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १६० पुगेको छ। ८ सय ९१ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै काठमाडौं उपत्यकामा थप चार सय ४० जना संक्रमित थपिएका छन्। काठमाडौंमा तीन सय ४४ जना, भक्तपुरमा ३५ जना र ललितपुरमा ६१ संक्रमित थपिएका हुन्।

Related posts

प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडा बस्दै

civilkhabar

एकाबिहानै भूकम्पकाे धक्का

civilkhabar

फागुन २३ बाट दोस्रो चरणमा काेराेना विरुद्धको खोप अभियान

civilkhabar

Leave a Comment