विदेश समाचार

आगलागीमा परी ७ जनाको जलेर मृत्यु


अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ । एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो ।

घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका सात जना छन् र त्यसमा चार जना बालबालिका पनि छन् ।

विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको भए पनि आगलागीको कारण भने थाहा भएको छैन । प्रहरीले यसको अनुसन्धान भइरहेको जनाएको छ । –सिन्ह्वा

Related posts

भारतमा थपिए एकैदिन ७७ हजारभन्दा धेरै सङ्क्रमित

civilkhabar

औंलाले यसरी गरिएको सहज परीक्षणबाट थाहा हुन्छ फोक्साको क्यान्सर

civilkhabar

प्रदेश १ को संसद बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

civilkhabar

Leave a Comment