अर्थ प्रविधि समाचार

६ घण्टासम्म किन बन्द भयो फेसबुक–इन्स्टा र ह्वाट्सएप ?


काठमाडौं । सोमबार फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब ६ घण्टासम्म चलेनन् । जसको कारण सामाजिक सञ्जाल तथा म्यासेजिङ एप प्रयोग गर्ने करीब तीन अर्ब ५० करोड प्रयोगकर्ता सेवा प्रयोग गर्नबाट बञ्चित भए ।

बिहानबाट भने यी प्लेटफर्म पुनः काम गर्न थाले । यसलाई निकै ठूलो ग्लोबल आउटेज मानिएको छ । आखिर यी प्लेटफर्म यत्तिका घण्टासम्म किन डाउन भए, कम्पनीले यसबारे जानकारी दिएको छ ।

डोमेन नेम सिस्टम (डीएनएस) का कारण फेसबुक डाउन भएको बताइएको छ । डीएनएसलाई इन्टरनेटको फोनबुक पनि भनिन्छ । यसमार्फत् जब प्रयोगकर्ताले कुनै होस्ट नेम जस्तै facebook.com लाई URL मा टाइप गर्छ तब डीएनएस यसको आइपी एड्रेसमा परिवर्तन हुन्छ । आइपी अड्रेस अर्थात् जहाँ साइट हुन्छ ।

यसबाहेक बीजीपी (ब्रोडर गेटवे प्रोटोकल) का कारण पनि यी प्लेटफर्ममा समस्या देखिएको बताइएको छ । बीजीपीमा आइपी अड्रेस र डीएनएस नेमसर्भरको रुट हुन्छ । यसलाई यसरी पनि बुझ्न सकिन्छ, यदि डीएनएस इन्टरनेटको फोनबुक हो भने बजिीपी यसको नेभिगेशन सिस्टम हो ।एजेन्सी

Related posts

कांग्रेस महामन्त्री कोइराला ओम अस्पतालकाे आइसियुमा

civilkhabar

मसला व्यवसायी संघको साधारण सभा सम्पन्न

civilkhabar

बारपाक: एकैदिन ५८ जनाकाे काेराेना रिपाेर्ट पोजेटिभ, आज पनि परीक्षण हुँदै

civilkhabar

Leave a Comment