मनोरञ्जन विदेश समाचार

अभिनेता शाहरुख खानका छोरा मुछिए ‘मुम्बई क्रुज ड्रग्स छापा’ मा

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान ‘मुम्बई क्रुज ड्रग्स छापा’ मा मुछिएका छन्। इन्डिया टुडे अनुसार भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले एउटा जहाजमा आकस्मिक छापा मार्ने क्रममा बलिउड अभिनेता खान पुत्र आर्यन पनि कारवाहीमा परेका हुन्।

भारतीय सञ्चार माध्यमहरुमा प्रकाशित खबर अनुसार जहाजमा लागूपदार्थ प्रयोगको सूचना पाएपछि एनसीबीका क्षत्रीय प्रमुख वानखेडेसहितका पदाधिकारीले जहाजमा छापा मारेका थिए। कारवाहीमा केहीलाई पक्राउ गरिएको छ भने आर्यनसँग एनबिसीले सोधपुछ गरिरहेको बलिउड हंगामाले लेखेको छ।

छापा मारिएको जहाज तीन दिनको संगीत यात्राका मुम्बईबाट गोवा प्रस्थान गरेको थियो। जहाजमा बलिउड, फेसन र व्यापार क्षेत्रका मानिसहरु सवार रहेको जनाइएको छ। तिनैमध्ये एक आर्यन पनि थिए।

आर्यन विरुद्ध कुनै आरोपमा मुद्दा दर्ता गरिएको छैन। तर उनको मोबाइल एनबिसी अधिकारीले जाँचबुझका लागि नियन्त्रणमा लिएको बताइएको छ।

Related posts

हत्या आरोपमा वडाध्यक्ष पक्राउ

civilkhabar

मेसीले तोडे पेलेको कीर्तिमान

civilkhabar

चीनमा रहेका नेपाली विद्यार्थी लिन आज जहाज जाँदै

civilkhabar

Leave a Comment