राजनीति समाचार हाइलाइट-समाचार

एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल, रामकुमारी झाँक्री पनि सचिव बन्दै


माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पदाधिकारीको टुंगो लगाएको छ।

एकीकृत समाजवादीको काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले पदाधिकारीको नाम अनुमोदन गर्न लागेको हो। एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल चयन भएका छन्।

पार्टीले चार जना उपाध्यक्ष बनाएको छ । जसमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राई उपाध्यक्ष भएका छन्।

उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन्।

त्यस्तै समाजवादीले चार जना नै सचिव बनाएको छ। जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री सचिव भएका छन्।

Related posts

कक्षा ११ को पाठ्यक्रम : सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै

civilkhabar

गोरखामा अज्ञात समुहले जलाए एनसेलको टावर

civilkhabar

बिष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बन्दै, ईश्वर पोखरेल बाहिरिने

civilkhabar

Leave a Comment