मनोरञ्जन समाचार

सुरु भयो हास्य सिरियल ‘उकुसमुकुस’


हास्य सिरियल ‘उकुसमुकुस’ को प्रशारण सुरु भएको छ । बुधबार आमा अग्निकुमार मिडिया नामक युट्युब च्यानलबाट सिरियल प्रसारण सुरु भएको हो । नहकुल भट्टराई निर्माता रहेको सिरियल दिलीप तामाङ ‘हुरहुर’ ले निर्देशन गरेका हुन् ।

गोेल्ड फिल्मस्ले प्रस्तुत गरेको सिरियलमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ को संवाद रहेको छ । सिरियलमा दिलीपको नै कथा छ । सिरियलको श्रृङ्खला निर्देशक सितादेवी तिमल्सिना हुन् । राहुल राईले छायाँकन गरेको सिरियलको पहिलो भागमा टिकटक एपको क्रेजसँगै यसको राम्रा र नराम्रा दुबै पाटोलाई देखाउन खोजिएको छ ।

जयनन्द लामा, भुइसाल लामा, दिलिप तामाङ, देवी आले, धनराम मुस्कान, प्रकाश लिम्बु, बेदना राई, नहकुल भट्टराई, दिपक लम्साल, टुल्कु तामाङको साथमा बाल–कलाकार सोहन थापा लगायतको अभिनय सिरियलमा रहेको छ ।

Related posts

नेप्से परिसूचक ६५ अंकले बढ्यो, साढे ८ अर्बको कारोबार

civilkhabar

अमेरिकाविरूद्ध नेपालले टस हारेर बलिङ गर्ने

civilkhabar

कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि, अनिश्चितकालका लागि सेवा बन्द

civilkhabar

Leave a Comment