विचार

संविधान दिवस मात्र मनाएर के गर्नु, जनताको समस्या ज्युका त्यूँ भए पछि !

दण्ड भट्ट (नविन) । नेपालमा संविधान जारी भए पश्चात् हामी नेपालीले असोज ३ गते लाई संविधान दिबस मान्दै आइरहेका छौ । देशको मुल कानुन (संविधान) सम्पुर्ण देशबासी जनताको लागि बन्नु सुखद पक्ष हो यस कानुनलाई देशबासिले दिप प्रज्वलन गरेर घर घरमा मज्जैले स्वागत गरे ।

देशमा संविधान बन्नु देश र जनताको लागि खुशिको कुरो पनि हो ,सुख शान्ती समृद्धिको सपना देख्न नसकेको जनताको लागि, संविधान बन्दा खुशिले गदगद सबै भए । देशमा संविधान त बन्यो अब देशले कोल्ट्यो फेर्ला बेरोजगार युवाहरुको जमातले रोजगार पाउलान, बृद्धअबश्थाका बा-आमाहरुले सुखका श्वास फेर्लान, किसान मजदुरहरुले राहातको प्याकेज पाउलान । छोरी चेलिहरु माथी दिन डाहाडै कुदृस्टी नलाग्लान, जताततै बिकास निर्माणले सम्पन्नता छाउलान भन्ने अपेक्षाहरु आज पनि सपनामै तुहियको छ हामि जनताको ।

हाम्रो देशमा संविधान बने पछि सबै देश बासिले एक न एक अपेक्षा राख्नु त स्वभाबिक नै हो । धेरै बर्ष पछि देशको मुल कानुन बन्दा पक्कै धेरै खुशी नै थिए । अब त देशमा अबश्य केही हुन्छ भनेर आसा गरेर बसेका जनताको भरोसा यहि सक्कियको छ । देशमा यहि संविधान बनाउनकै निम्ति विभिन्न आन्दोलनहरु भए ती आन्दोलन बाट कयौ नागरिकहरु अङ्ग भङ्ग भए त्यसको लेखाजोखा गरिसाध्य छैन ।

गरिब जनता माथिको अत्याचार आज पनि उत्तिकै छ, आखिर गरिबहरु गरिबिको रेखा बाट माथी अलिकती पनि उठ्न सकिरहेको छैन । देश लाई यस्तो बनाउछौ उस्तो बनाउछौ भनेर राजनितिमा होमियका लाखौ राजनीज्ञहरु आज पनि कुहिरोमा रोमाल्लिरहेको काग जस्तो भैरहेका छन । नत देश बनाउन सकिरहेका छन नत जनताको मन जित्न सकेका छन ।

देशमा संविधान बनिसके पछि बिकास निर्माणकार्यका बहानामा विभिन्न स्थानिय स्तर देखि केन्द्र सम्म करोडौं खर्चेर चुनाब पनि गरे । त्यही चुनाबको भोट बाट, देश बनाइदेउ भनेर जनताले प्रशस्त मत दियर पठाए । त्यही मतको आधारमा संसदमा दुई तिहाइको महुमतको सरकार पनि बन्यो ।

अब त ५ बर्षको लागि स्थिर सरकार बन्यो देश पक्कै बन्ला भन्ने जनताको अपेक्षा ओलि सरकार ढले सङ्गै तुहियको छ । दुई तिहाइको महुतमत सरकार पनि टिक्न नसकेको मेरो देशमा अरु के टिक्ला र ?

अब जनताले कस्लाइ/कुन दल लाई बिश्वास गर्ने कि यिनिहरुले देश बनाउछन भनेर हामी जनताको मौलिक हक अधिकार रोजगार, स्वास्थ्य, शिक्षा, कागजमै सिमित हुनपुगेको छ । संविधान बने पछि र बन्नु भन्दा अगाडि पनि फाइदा भनेको उहीँ नेताहरु लाई मात्र हो हामि जनता लाई सधै भरी दुख भन्दा अरु केही छैन । ती नै नेताहरु सांसद बन्छन /मन्त्री बन्छन सेवा सुबिधा, गाडी सुरक्षा गार्ड आदि इत्यादि तिनै लाई छ मोज मस्ती आखिर गरिब जनताको आँसु पुछ्ने कोहि हुदैनन ।

देशमा जुन सरकार आए पनि जनमुखी सरकार कहिले देख्न र महसुस गर्न पाइयन हामिले ! जनताको सरकार खै कहाँ छ ? यहाँ त काङ्ग्रेसको सरकार देखियो,एमालेको सरकार देखियो, माओवादीको सरकार देखियो! हामी नेपाली जनताको सरकार बन्ने र देख्ने सपना सपना मात्र रह्यो ! आखिर देशमा नया संविधान आयर सर्बसाधारण जनताले खै के पाए ?

देशमा सरकार भएको अनुभूति कसरी गर्ने जनताले ? महाकालिमा भारतिय सुरक्षाकर्मिले तुइनको डोरि काटेर महाकालिमै बिलायको जय सिंह धामी लाई कस्ले दिने न्याय? बलात्कार पछि हत्या गरिएको कंचनपुरको निर्मला पन्त लाई कस्ले दिने न्याय ? सडकमा हिडिरहेका हाम्रा चेलिबेटीहरु माथी दिन डाहाडै तेजाब छर्केर जिन्दगी नै कालो बनाउने हरामखोरहरु लाई कस्ले दिने सजाय ?

भर्खर जन्मेर ४/५ बर्ष भएका कलिला मुना सरहको नानिहरु लाई बलात्कार गर्दै खोला नालामा फाल्ने कपुतहरु लाई कस्ले दिन सजाय ? अनि हामी संविधान दिबस भनेर उत्साह पुर्बक खै केको लागि मनाउने ? आज पनि कयौ आमा दिदिबहिनी /नारिहरु बच्चा जन्माउन नसकेर अस्पताल सम्मको बेडमा पुग्न नसकेर अकालमै ज्यान फाल्न बाध्य छन । अझै पनि हाम्रा गाउँ शहरका सडकहरुको दुर्दशा हेरि साध्य/कुरा गरि साध्य छैन अनि हामी कसरी मनाउने यो दिबस ?

गाउँ गाउमा सिंह दरबार र छोटे राजाहरु त पुग्यो तर जनताको जिबनस्तर बदल्ने दरबारहरु पुग्न पक्कै सकेको छैन, संविधान मात्र आएर के गर्नु हामी जनताको समस्या ज्युका त्यूँ रहे पछि ।

लेखक भट्ट गोरखा नगरपालिका-२ कोखे आहाले स्थायी घर भई हाल मध्यपुर ठिमी-१ लोकन्थली भक्तपुर बसाेबास गर्छन् ।

Related posts

ब्यक्ती हैन पार्टी बलियो बन्ने गुटबन्दी हुनुपर्छ ः काँग्रेस नेता सत्तार

civilkhabar

दशैंमा कस्तो मासु खाने, कसरी खाने ? चिकित्सकको सल्लाह यस्तो छ

civilkhabar

सामाजिक सुरक्षा भत्ता पाउन किन यो सास्ती ?

civilkhabar

Leave a Comment