समाचार समाज स्वास्थ्य

शुक्रबार थपिए २ हजार ९ सय ७७ कोरोना संक्रमित


काठमाडौं । शुक्रबार थप २ हजार ९ सय ७७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ९८ नमूना पिसिआर परीक्षण गर्दा १ हजार ९ सय ८२ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार ६ सय १० गर्दा ९ सय ९५ मा संक्रमण देखिएको छ।

कुल १७ हजार ३०८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

थप १८ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७८ जना कोरोनाबाट मुक्त भएका छन्।

Related posts

एनआरएनए आईसिसि युवा उपाध्यक्षमा हिमाल गुरुङकाे उम्मेदवारी, यस्ता छन् प्रतिबद्धता

civilkhabar

आज महाशिवरात्रि मनाइँदै, आठ लाखले पशुपतिको दर्शन गर्ने

civilkhabar

उपत्यकामा सार्वजनिक सवारी साधनको अनुगमन तीव्र

civilkhabar

Leave a Comment