अर्थ प्रदेश ३ समाचार समाज हाइलाइट-समाचार

लामो दुरीको सवारीसाधन सञ्चालन गर्न दिने


काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ।

शुक्रबार एक सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न अनुरोध गरेको हो।

‘मन्त्रिपरिषद्को निर्णय अनुहार गृह मन्त्रालयबाट हामीलाई परिपत्र भएको थियो। त्यही अनुसार हामीले आज सूचना जारी गरेका हौं,’ प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भने।

त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका परीक्षाहरू हुने भएकोले लामो तथा मध्यम दुरीका सवारीसाधन चलाउने व्यवस्था मिलाउन लागेको हो।

यात्रु गर्नेहरूलाई टिकट काटेर मात्रै यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।

May be an image of text

Related posts

आँबुखैरेनीमै पाइने भयो भेस्पा र अप्रिलियाका स्कुटर

civilkhabar

सरकारको कोरोना कोषमा एनआईसीले दियो १ करोड

civilkhabar

प्रेस सेन्टरले पत्रकार महासंघ गोरखाको अध्यक्षमा दिपक श्रेष्ठलाई उठाउने

civilkhabar

Leave a Comment