• मंगलबार, चैत्र ६ २०८०

गण्डकीमा माओवादी केन्द्रले टुंगो लगायो मन्त्रीको नाम


बिहिबार, साउन ७ २०७८
105
Shares


पोखरा । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएको छ ।

नेपाली कांग्रेससँग बिहीबार मन्त्रालय भागवण्डामा सहमति भएपछि माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्री चयन गरेको हो ।

सांसद दीपक कोइरालाका अनुसार अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा दीपक चर्तीमगर जाने गरी सहमति जुटेको छ ।

माओवादीबाट यसअघि मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भइसकेकी छन् ।

माओवादीले ११ मन्त्रालयमध्ये ४ मन्त्रालय पाउने गरी भागबन्डा गरिएको छ । बराल कास्की, चन्द्रबहादुर बागलुङ र दीपक चर्ती मगर स्याङ्जाका हुन् ।

नेपाली कांग्रेसले पनि मन्त्रीको नाम टुंग्याउन बिहीबार बैठक गरेको छ । अहिले कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, कुमार खड्का सामाजिक विकास मन्त्री छन् । कांग्रेसले मुख्यमन्त्रीसहित ५ मन्त्रालय पाउने छ ।

२ मन्त्री मागेको जनता समाजवादीका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् । जसपाले एक मन्त्रालय मात्र पाउने सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

स्वतन्त्र सांसद दीपक मनाङे युवा तथा खेलकुद मन्त्री छन् भने राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ ।

सबै मन्त्रीको टुंगो लगाएर शुक्रबार १ बजे मन्त्रीहरुको शपथ ग्रहण गर्ने तयारी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार