अर्थ समाचार

विभिन्न १५ बैंकको सिष्टम ह्याक गर्ने धम्की पठाउनेको खोजी गरिँदै


काठमाडौं । विभिन्न १५ बैंकको सिष्टम ह्याक गर्ने धम्की भाइबरमा पठाउनेको खोजी भइरहेको नेपाल राष्ट्र बैंकले बताएको छ।

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले त्यस्तो धम्की दिनेको पहिचान गर्न आइटी डिपार्टका कर्मचारी खटिसकेको र प्रहरीको सहयोग जरुरत परेमा लिने बताए।

‘भाइबरमा यस्ता फेक सूचना आएका रहेछन्, यस्तो काम गर्नेको खोजी भइरहेको छ,’ उनले भने, ‘कुनै ह्याकरले इमेल गरेको पनि होइन। यो त भाइबरमा आएको फेक धम्की हो। प्रहरीको सहयोगमा यस्तो सूचना पठाउनेको खोजी गरिँदैछ।’

भाइबरमा आएको मेसेजमा राष्ट्र बैंकसहित १५ बैंकको सिष्टम २४ घन्टाभित्र ह्याक गर्ने धम्की थियो।

Related posts

उद्योग तथा पर्यटन गण्डकी प्रदेश सरकारको प्राथमिकतामा

civilkhabar

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

civilkhabar

हितेन्द्रदेव शाक्य प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त

civilkhabar

Leave a Comment