मनोरञ्जन विदेश समाचार

प्रियंकालाई जन्मदिनमा निकले दिए एक लाखको वाइन


एजेन्सी । भारतीय अभिनेत्री प्रियंका चोपडा ३९ वर्षकी भइन्। कामको सिलसिलामा लन्डन पुगेकी उनले मंगलबार आफ्नो जन्मदिन परिवारसँग उतै मनाएकी छन्।

जन्मदिनमा प्रियंकाको श्रीमान निक जोनस भने उनीसँग थिएनन्। अमेरिकामा रहेका निक प्रियंकाको जन्मदिनमा उपस्थित हुन पाएनन्। आफ्नी श्रीमतीको जन्मदिन सँगै बसेर मनाउन नपाएका निकले प्रियंकाका लागि निकै महँगो उपहार पठाएका छन्।

उनले प्रियंकालाई अमेरिकाबाट एक लाखभन्दा बढी भारु पर्ने रेड वाइन जन्मदिनको उपहारस्वरुप पठाएको टाइम्स अफ इन्डियाले लेखेको छ। निकले पठाएको त्यो वाइनको नाम हो, १९८२ चाटेउ माउटन रोथस्चिल्ड।

यो वाइनको ७५० एमएल बोत्तलको मूल्य एक लाख ३१ हजार तीन सय ७५ भारु पर्छ। गाढा र गहिरो रङको यस भिन्टेज वाइनमा ब्लू बेरी, क्यासिस र अन्य मसलाहरुको बास्ना समेत आउँछ। प्रियंकाले उपहार पाएको वाइनको बोत्तलसहित गिलासमा थोरै वाइन भएको फोटो आफ्नो इन्स्टाग्राम स्टोरीमा पोस्ट गरेकी थिइन्।

उनका लागि यो वाइन महँगो उपहार मात्र नभई अर्थपूर्ण पनि बनेको छ। टाइम्स अफ इन्डियाका अनुसार निकले प्रियंकाको जन्म वर्ष सन् १९८२ लाई ध्यानमा राखेर ‘१९८२ चाटेउ माउटन रोथस्चिल्ड’ वाइन उपहार दिएका हुन्। निक र प्रियंकाको विवाह सन् २०१८ मा भएको थियो। उनीहरु अहिले अमेरिकाको लस एन्जलसमा बस्छन्।

प्रियंका भने नयाँ हलिउड फिल्म ‘द म्याट्रिक्स ४’को सुटिङमा व्यस्त छिन्।

Related posts

छैटौ राष्ट्रिय योग दिवशमा गोरखामा अन्तरकृया

civilkhabar

५५३६ मा पिसिआर गर्दा १०७ लाई कोरोना संक्रमण

civilkhabar

बाबुराम भट्टराईको निवासमा छलफल गर्दै जसपा शीर्ष नेता

civilkhabar

Leave a Comment