समाचार समाज स्वास्थ्य हाइलाइट-समाचार

मंगलबार थपिए ३ हजार १०८ संक्रमित, २५ जनाको मृत्यु

काठमाडौं । मंगलबार थप ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल १३ हजार १ सय ३५ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

थप २५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ९५ जना कोरोनाबाट मुक्त भएका छन्। मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये निको हुनेको संख्या ९४.६ प्रतिशत रहेको छ भने मृत्यु हुनेको दर १.५ प्रतिशत छ।

Related posts

डीआरको ‘कतिन्जेल’नयाँ गीत सार्वजनिक (भिडियासहित)

civilkhabar

प्रचण्डलाई गृहमन्त्री थापाको चुनौती

civilkhabar

माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु : केपी ओली

civilkhabar

Leave a Comment