शिक्षा समाचार

कक्षा १२ को परीक्षा साउन चौथो हप्ता गर्ने बोर्डको तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने जानकारी आएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए ।

बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन पठाएको थियो । मन्त्रालयले सीसीएमसीमा लगेको र सीसीएमसीले परीक्षा गराउने अनुमति दिएको जानकारी पाएको बोर्डका अध्यक्ष पौडेलले बताए ।

‘निर्णय गरिएको कपी हामीसम्म आइपुगेको छैन । भोलिसम्म आइपुग्ला त्यसपछि बोर्डको बैठक बसेर निर्णय गर्छौं । साउन चौथो हप्ताभित्र गर्छौं’ उनले भने ।

बोर्डको बैठकले निर्णय गरे अनुसार परीक्षा केन्द्र, मिति तोकिने र परीक्षा तालिका सार्वजनिक गर्ने तयारी थालेको छ । गत जेठ २६ गते तय भएको परीक्षा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि स्थगित भएको थियो ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्ष तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेका छन् ।

Related posts

धुमपान गर्नेहरूको संख्यामा नयाँ रेकर्ड, यी १० देशमा छन् दुई तिहाइ

civilkhabar

मेलम्ची खानेपानी आयोजनामा कार्यरत् ३७ कर्मचारीसहित ४२ जनाको उद्धार

civilkhabar

थप १३० जनामा कोरोना पुष्टि, सातको मृत्यु

civilkhabar

Leave a Comment