मनोरञ्जन विदेश समाचार

यी दुई रेकर्ड बनाउँदै अभिनेता धनुषले रचे इतिहास्


एजेन्सी । दक्षिण भारतीय अभिनेता धनुषको चर्चा बलिउडदेखि हलिउडसम्म फैलिएको छ। ‘ह्वाइ दिस कोलाभेरी डी’ र ‘राउडी बेबी’ जस्ता भाइरल म्यूजिक भिडियोबाट पटकपटक ट्रेन्डिङमा आएका उनी अब नयाँ हलिउड फिल्म ‘द ग्रे म्यान’मा पनि देखिने भएका छन्।

द रुस्सो ब्रदर्सको निर्देशनमा बन्न लागेको फिल्म ‘द ग्रे म्यान’मा हलिउड अभिनेता क्रिस इभान, रायन गोस्लिङ र धनुषको मुख्य भूमिका छ। यो फिल्मबाट धनुष हलिउड फिल्ममा अभिनय गर्ने पहिलो तामिल अभिनेता बनेका छन्।

हलिउड फिल्ममा अभिनय गरेर तामिल फिल्म क्षेत्रमा नयाँ रेकर्ड बनाएका धनुषले सामाजिक सञ्जालमा पनि इतिहास रचेका छन्।

इन्डिया ग्लिट्ज अनुसार हालै धनुष ट्विटरमा एक करोड फलोअर्स पुग्ने पहिलो तामिल अभिनेता बनेका छन्। यसअघि कुनै पनि तामिल अभिनेताको ट्विटरमा एक करोड फलोअर्स् पुगेको थिएन।

धनुषपछि धेरै फलोअर्स हुने तामिल अभिनेतामा कमल हासन र सूर्या छन्। उनीहरु दुवैको करिब ६८ लाख फलोअर्स् छन्, जुन धनुषको तुलानामा निकै कम हो। तेस्रो स्थानमा सुपरस्टार रजनीकान्त परेका छन्। उनको ट्विटरमा जम्मा ५९ लाख फलोअर्स छन्।

आफ्नै ससुरा रजनीकान्तलाई पछि पारेको कारण अहिले धनुषको नाम ट्विटरको ट्रेन्डिङमा समेत आएको छ। यसले धनुषले फिल्म क्षेत्रबाहेक सामाजिक सञ्जालमा पनि प्रभाव पार्न सकेको देखिएको छ। हाल धनुष नयाँ फिल्म ‘डी ४३’को सुटिङको तयारीमा छन्। उनको नयाँ प्रोजेक्टमा अक्षय कुमार र सारा अली खानको अभिनय हुने फिल्म ‘अतरंगी रे’ पनि रहेको छ।

Related posts

गोरखाका थप एक संक्रमित युवकको मृत्यु

civilkhabar

पेट्रोल र डिजेलकाे भाउ बढ्यो

civilkhabar

रौतहट र कैलालीमा २ जनामा पनि देखियो कोरोना, संक्रमितकाे स‌ंख्या १४ पुग्याे

civilkhabar

Leave a Comment