मनोरञ्जन विदेश समाचार

ऐश्वर्याकी छोरीले रणवीरलाई आफ्नो बुबा ठानेकी थिइन्


एजेन्सी । बलिउड अभिनेता रणवीर कपुरले आफ्नो बाहिरी आवरण र अभिनयले धेरैलाई लोभ्याएका छन्। आकर्षक लुक्ससँगै रमाइलो व्यक्तित्वका उनी अधिकांश कलाकारको रोजाइमा पर्ने अभिनेता हुन्।

रणवीरप्रति सर्वसाधारणदेखि बलिउडका अभिनेत्रीहरु समेत फिदा छन्। रणवीरसँग डेट गर्नुअघि नै अभिनेत्री आलिया भट्टले रणवीरलाई आफ्नो क्रस भनेकी थिइन्।

उनलाई मन पराउनेमध्ये एक जना बलिउड स्टार किड पनि छिन्। अभिनेत्री ऐश्वर्या राय बच्चनकी छोरी आराध्या बच्चनको क्रस रणवीर कपुर रहेको कोइमोइले खुलासा गरेको छ।

सन् २०१६ मा ‘ए दिल हे मुश्किल’ फिल्मको सुटिङको क्रममा अभिनेत्री ऐश्वर्याले आफ्नो छोरी आराध्यालाई रणवीरमाथि क्रस रहेको बताएकी थिइन्।

उनका अनुसार आराध्या रणवीरको अगाडि निकै लजाएर बोल्थिन् र एकपटक त आराध्याले रणवीरलाई आफ्नो बुबा ठानेकी थिइन्।

‘एकपटक सुटिङको क्रममा रणवीरले ‘एबी’ शब्द लेखेको ज्याकेट लगाएका थिए र आराध्याले एबीको अर्थ आफ्ना बुबा अभिषेक बच्चनको नाम भनेर झुक्किइन्,’ ऐश्वर्याले भनिन्, ‘उनले रणवीरलाई बुबा सम्झेर पछाडिबाट अँगालो हालिन्। आराध्याले अँगालो हालेपछि रणवीर खुसी भएका थिए।’

त्यो घटनादेखि आराध्या रणवीरसामु बोल्न लजाउने गरेको उनले बताइन्। ऐश्वर्याका अनुसार आराध्या यसअघि अरु कुनै पनि कलाकारसँग लजाएर बोल्ने गर्दिन थिइन्।

ऐश्वर्या र अभिषेक बच्चनकी छोरी आराध्याको जन्म सन् २०११ मा भएको थियो। उनी अहिले १० वर्षकी भइन्। आराध्यालाई रणवीर मन परेको कुरा थाहा पाएपछि अभिषेकले पनि रणवीरलाई जिस्काउन थालेका थिए रे!

‘मैले रणवीरलाई अंकल भनेर सम्बोधन गर भन्दा आराध्याले मानेकी थिइनन्,’ ऐश्वर्याले फिल्मफेयरसँग कुरा गर्दै हाँस्दै भनिन्, ‘रणवीरले पनि आफूलाई अंकल नभई आरके मात्र भनेर बोलाउ भनेका थिए। अनि आराध्या आजकाल उनलाई आरके नै भनेर सम्बोधन गर्छिन्।’

‘ए दिल हे मुश्किल’मा रणवीर, ऐश्वर्या र अनुष्का शर्माको मूख्य भूमिका थियो।

Related posts

आदेश नआउँँदा छुटेनन् विप्लवका नेता कार्यकर्ता

civilkhabar

एक अर्बले बढ्यो रासायानिक मल खरिदको बजेट

civilkhabar

पत्रकार महासंघको कार्यकाल ६ महिना थपियो

civilkhabar

Leave a Comment