मनोरञ्जन विदेश समाचार

भारतीय अभिनेत्री सुरेखाको निधन


एजेन्सी । भारतीय चर्चित अभिनेत्री सुरेखा सिक्रीको ७५ वर्षको उमेरमा निधन भएको छ। द इन्डियन एक्सप्रेसका अनुसार उनको शुक्रबार बिहान हृदयघातका कारण निधन भएको हो।

सुरेखालाई सन् २०१८ मा प्यारलाइटिक स्ट्रोक भएको थियो। गत वर्ष ब्रेन स्ट्रोक भएपछि उनको स्वास्थ्य केही थप कमजोर भइरहेको थियो।

तीन पटक नेसनल फिल्म अवार्ड जितेकी सुरेखाले सन् १९७८ को राजनितिक ड्रामा फिल्म ‘किस्सा कुर्सी’ का बाट अभिनय क्षेत्रमा प्रवेश गरेकी थिइन्। तमस (१९८८), मम्मो (१९९५) र सन् २०१८ मा रिलिज भएको फिल्म ‘बधाइ हो’मा गरेको अभिनयका लागि उनलाई नेसनल फिल्म अवार्ड प्रदान गरिएको थियो।

सन् १९७१ मा भारतको उत्तर प्रदेशमा जन्मिएकी सुरेखा ‘नेशनल स्कुल अफ ड्रामा’की स्नातक हुन्। ‘बधाई हो’ सुरेखाले फिल्ममा आयुष्मान खुरानाको हजुरआमा बनेर अभिनय गरेकी थिइन् जुन धेरैले मन पराए। उनी नेसनल फिल्म अवार्ड लिन व्हीलचेयरमा गएकी थिइन्।

फिल्मबाहेक थिएटर र टेलिभजन कार्यक्रममा समेत उनी सक्रिय रहिन्। चर्चित भारतीय टेलिशृंखला ‘बालिका वधु’मा कल्याणी देवीको भूमिकामा गरेको उनको अभिनय धेरैले मन पराएका थिए।

Related posts

बुबाले गरे आफ्नै तीन महिने छोराको हत्या

civilkhabar

न वैशाखमा चुनाव हुन्छ, न त ओली प्रधानमन्त्री रहिरहनुहुन्छ : वर्षमान पुन

civilkhabar

शिक्षा मन्त्रालयको निर्देशन : अनलाइन कक्षाका नाममा शुल्क नलिनु, भर्ना पनि नगर्नु

civilkhabar

Leave a Comment