खेलकुद विदेश समाचार समाज

एक दिवसीय क्रिकेटमा पाकिस्तानका बाबर आजमको कीर्तिमान

काठमाण्डौ । पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले एक दिवसीय क्रिकेटमा कीर्तिमान बनाएका छन् ।

इङ्ग्ल्यान्डसँगको तेस्रो तथा अन्तिम एक दिवसीयमा बाबर आजमले ले १ सय ५८ रनको शतकीय पारी खेल्दै आफ्नो करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै कीर्तिमान बनाएका हुन् ।

बाबरले ८१ औं पारिमा १४ औं शतक पूरा गरेका हुन । बाबर एक दिवसीयमा सर्वाधिक छिटो १४ औं शतक प्रहार गर्ने खेलाडी समेत बनेका छन् । त्यस्तै इङ्ग्ल्यान्ड सँगको एक दिवसीय खेलमा शतक बनाउने बाबर पाकिस्तानका दोस्रो कप्तान हुन् । यसअघि इमरान खानले शतक बनाएका थिए ।

आजमले दक्षिण अफ्रिकाका पूर्व खेलाडी हाशिम अमला, भारतीय कप्तान विराट कोहली र अस्ट्रेलियाका डेभिड वार्नरको रेकर्डलाई समेत पछि पारेका छन् ।

Related posts

पालुङटार नगरपालिकाको अत्यन्त जरुरी सूचना

civilkhabar

मनकामना मन्दिर खुला गर्न प्रशासन समक्ष नेविसंघ शहिद लखनको माग

civilkhabar

सवा करोड लगानीमा युवाहरुले खोले गोरखामा ‘एकिकरण कृषि फार्म’

civilkhabar

Leave a Comment