अर्थ कृषि गण्डकी प्रदेश समाचार समाज

पर्वतमा कृषि ज्ञान केन्द्रकाे सार्वजनिक सुनुवाई: यस बर्ष वित्तिय प्रगती झण्डै ९० प्रतिशत

पर्वत । कृषि ज्ञान केन्द्र पर्वतले चालु आर्थिक वर्ष २०७७/०७८ मा झण्डै ९० प्रतिशत वित्तिय प्रगति गरेको छ । चालु वर्ष सञ्चालन गरेका कार्यक्रमका बारे कार्यालयले मंगलबार आयाेजना गरेकाे सार्वजनिक सुनुवाई मार्फत साे जानकारी गराएको हो ।

नेपाल पत्रकार महासंघ पर्वतको सहजीकरणमा भएकाे कार्यक्रममा यस बर्ष सञ्चालन भएका याेजनाहरुकाे प्रभावकारिता, खर्चको विवरण समेत सार्वजनिक गरिएकाे छ । जसमा ज्ञान केन्द्रमा संघीय सरकारको ससर्त अनुदान २ करोड ५६ लाख ४५ हजार, प्रदेश सरकारको कार्यक्रम अन्तर्गत ७ करोड ५१ लाख गरि कुल ९ करोड ६१ लाख ५५ हजार रुपैयाँको बजेट स्विकृत भएको थियो । यसमा चालु तर्फ ४ करोड ८९ लाख १० हजार र पूँजीगत तर्फ २ करोड १६ लाख रुपैयाँ रहेको थियो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रकी प्रमुख मनिता थापाले आम्दानी, खर्च तथा सञ्चालन भएका कार्यक्रमहरुकाे तथ्याङ्ग तथा विवरण सार्वजानिक गरेकी हुन । जसमा संघीय अनुदान तर्फको बजेट ९३ दशमलव ३१ प्रतिशत र प्रदेश तर्फको बजेट ८५ दशमलव ५१ प्रतिशत खर्च भएको उनले जानकारी दिइन ।

कोरोना संक्रमणका बाबजुत पनि कार्यालयले सञ्चालन गरेका कार्यक्रमहरुले सन्तोषजनक प्रगति हासिल गरेको थापाले बताइन । कार्यालयले कृषिको व्यावसायिककरण, आधुनिकिकरण, प्रविधिकरणमा जोड दिँदै यसवर्ष पनि विविध कार्यक्रम सञ्चालन गरेको बताएकाे छ ।

किसानलाई मागका आधारमा अनुदान, तालिम, स्थलगत अनुगमन, पकेट, व्लक, साना तथा व्यावसायिक फर्म स्थापना, नर्सरी स्थापना, यान्त्रिक उपकरण वितरण लगायतका कार्यक्रम चालु वर्षमा सञ्चालन गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराईएको छ । चालु वर्ष ज्ञान केन्द्रले क्षेत्रफलमा आधारित उत्पादन, कृषि उपज संकलन केन्द्र स्थापना, कलष्टरमा रैथानेबाली संरक्षण कार्यक्रम पनि सञ्चालन गरेको कार्यालय प्रमुख थापाले जानकारी दिइन ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलले कृषि ज्ञान केन्द्रले स्थानीय तहसंग समन्वयात्मक सम्बन्ध बिस्तार गरि कार्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्मा, प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, पत्रकार महासंघका अध्यक्ष सन्तोष थापा लगायतले बाेलेका थिए ।

कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ पर्वतका उपाध्यक्ष निर्भिकनारायण भुर्तेलले गरेका थिए ।

Related posts

प्रतिनिधिसभा बैठक असोज ७ गते सम्मका लागि स्थगित

civilkhabar

अमेरिकाका हावाङ्गले २ दिनमै सेयरबजारबाट २४ खर्ब गुमाए

civilkhabar

शुक्रबार बुद्धभूमीको आईपीओ बाँडफाँट हुने

civilkhabar

Leave a Comment