खेलकुद विदेश समाचार

यूरो २०२० को गोल्डन बुट रोनाल्डोलाई


काठमाडौं । क्रिस्टियानो रोनाल्डोले यूरो २०२० को गोल्डन बुट जितेका छन् । पोर्चुगलका फरवार्डले यो प्रतियोगितामा ५ गोल गर्न सफल भए ।

चेक रिपब्लिकका प्याट्रिक सिकले पनि समान ५ गोल गरे पनि एसिस्टको ट्राइब्रेकरको आधारमा रोनाल्डोले उनलाई उछिन्दै गोल्डन बुटको उपाधि हात पार्न सफल भएका हुन् ।

रोनाल्डोका पाँच गोलमध्ये तीनवटा पेनाल्टीबाट रह्यो भने हंगेरी र जर्मनीविरुद्ध उनले ‘ओपन प्ले’ बाट गोल गर्न सफल रहे ।

रोनाल्डोको प्रयासका बावजुद पोर्चुगल अन्तिम १६ मा बेल्जियमसँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

रोनाल्डो र सिकको पाँच गोलपछि ह्यारी केन, करिम बेन्जेमा, इमिल फ्रोसबर्ग र रोमेलु लुकाकुले ४–४ गोल गरे । रोनाल्डोले चार खेलमा ३६० मिनेट खेले भने ह्यारी केनले ६ सय मिनेट खेल्न पाए ।

रोनाल्डोले पहिलो पटक प्रतियोगिताको गोल्डन बुट जितेका हुन् । सन् २०१६ मा पोर्चुगलले उपाधि जित्दा उनी दोस्रा स्थानमा थिए ।

PosPlayerTeamGoals
=1Cristiano RonaldoPortugal5
=2Patrik SchickCzech Republic5
=3Karim BenzemaFrance4
=3Emil ForsbergSweden4
=3Romelu LukakuBelgium4
=3Harry KaneEngland4
=7Raheem SterlingEngland3
=7Georginio WijnaldumNetherlands3
=7Robert LewandowskiPoland3
=7Kasper DolbergDenmark3
=7Xherdan ShaqiriSwitzerland3
=7Haris SeferovicSwitzerland3
=7Alvaro MorataSpain3

Related posts

१७ वर्षकी किशोरी र २१ वर्षका युवकबीचको विवाह बदर

civilkhabar

भूकम्पपछि पुनर्निर्माण गरिएका घरमा कोठा र तला थप्ने बाटो खुल्यो

civilkhabar

पालुङटारमा स्वास्थ्य सामाग्री सहयोग

civilkhabar

Leave a Comment