प्रविधि समाचार समाज

मोबाइलको आईएमईआई दर्ता प्रणाली अवरुद्ध

काठमाडौं । मोबाइल सेटको आईएमईआई दर्ता प्रणाली अवरुद्ध भएको छ ।

एकै पटक धेरैले आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न खोजेपछि प्रणालीमा समस्या आएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानूनी आयात, बिक्री, वितरणलाई निरुत्सान गर्नका लागि दर्ता गर्ने प्रावधान ल्याएको छ । जसअनुसार देश बाहिरबाट ल्याइएका मोबाइलको आईएमईआई अनिवार्य दर्ता गर्नुपर्ने हुन्छ ।

नयाँ प्रवाधान अनुसार आईएमईआई दर्ता नभएका मोबाइल सेट चल्ने छैनन् । साउन १ गतेदेखि नै यस्ता मोबाइल सेट चलाउन नमिल्ने गरी काम गरे पनि दर्ता प्रणालीमै समस्या भएपछि यो प्रक्रिया रोकिएको छ ।

साथै नेपालबाटै नयाँ मोबाइल सेट खरीद गर्दा पनि आईएमईआई दर्ता भएका सेट भ्याट बिलसहित खरीद गर्न प्राधिकरणले आग्रह गरेको छ । यसरी खरीद गर्दा ग्राहकले अर्को कुनै झन्झट व्यहोर्नुपर्ने छैन ।

Related posts

एनसेलले पायो नेशनल एचआर एक्सिलेन्स अवार्ड

civilkhabar

नेकपा सचिवालय बैठक सुरु भयो

civilkhabar

आपसी मनमुटाव हटाउँदै वैवाहिक सम्बन्ध सुमधुर बनाउने, ५ तरिका

civilkhabar

Leave a Comment