प्रदेश ५ प्रदेश ७ समाचार समाज

भासियो कर्णाली नदीको पक्की पुल


कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको सत्ती पुल भासिएको छ ।

हुलाकी राजमार्ग अन्तर्गतको सो पुलको राजापुर क्षेत्र भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिए । उनले भासिएका स्थानमा मरमत प्रयास भइरहेको बताए ।

कटान हुन थालेपछि अहिले पुलमा आवागमन बन्द गरिएको छ । नदी कटान रोक्नका लागि प्रयास भैरहेको स्थानीय भीम बिकले जानकारी दिए ।

पुल निर्माण भएसँगै राजापुक्षेत्रका भागमा नदीले हरेक वर्षे कटान गर्दै आएको भएपनि यसको दीर्घकालीन उपाय अबलम्बन गरिएको थिएन । पुल निर्माण भएसँगै ती दुई जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो ।रासस

Related posts

प्रधानमन्त्री र राष्ट्रपति बीच भेटवार्ता

civilkhabar

गोल अफ दि सिजन अवार्ड रोनाल्डोलाइ

civilkhabar

गोरखाका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

civilkhabar

Leave a Comment