अर्थ गण्डकी प्रदेश पर्यटन समाचार समाज हाइलाइट-समाचार

अजिरकोटको नीति तथा कार्यक्रम सार्वजानिक, ४० कराेडकाे बजेट ल्याउने तयारी

गोरखा । अजिरकोट गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । शनिवार भएको नवौं गाउँसभा तथा बर्षे अधिवेशनमा अध्यक्ष फणिन्द्र धितालले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु गरेकी हुन् ।

नीति तथा कार्यक्रमले स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई विशेष जोड दिएको छ । ‘उपलब्ध साधन स्रोतका आधारमा अहिलेको आवश्यकता, दिर्घकालिन सोच र जनताको चाहना अनुसार नै नीति तथा कार्यक्रम ल्याएका छौं,’ गाँउपालिका अध्यक्ष फणिन्द्र धितालले भने, ‘यसकै आधारमा समयमै बजेट पनि आउँछ ।’

कोभिड १९ नियन्त्रण र रोकथामको काम प्रभावकारी बनाउने, प्रस्तावित पालिका स्तरिय अस्पताल समेत रहेको भच्चेक स्वास्थ्य चौकीलाई थप र अन्य स्वास्थ्य चौकीहरुलाई पनि साधन स्रोध सम्पन्न बनाइने छ । जग्गा बाँझो हुनबाट रोक्न विशेष कार्यक्रम ल्याउने तयारी गरिएको छ । वर्षौ देखि बाँझो रहेका जमिन खेति गर्न चाहानेले गाउँपालिकाबाट सहयोग प्राप्त गर्नेछन् ।

‘जमिनहरु बाँझिने क्रम बढ्यो । झाँडी बढेपछि जंगली जनावरका कारण खेति गर्नेहरुलाई पनि समस्या भएको छ,’ उनले भने, ‘त्यसैले हामीले बाँझो जंग्गामा खेति गर्नेहरुलाई प्रोत्साहन गर्ने नीति लिएका छौं ।’ वर्षौ देखि बाँझो रहेका जंग्गामा खेति गर्नेहरुलाई प्रतिरोपनी ३ हजार रुपैयाँ उपलब्ध गराउने गाउँपालिकाको तयारी छ ।

यसैगरी विदेशमा रहेका युवाहरुलाई गाउँ फकाउन जोड दिने खालका कार्यक्रमहरु पनि बनाइएको छ । पूर्वाधार बिकासका कार्यक्रमलाई दिगो रुपमा अघि बढाउने गरी नीति तथा कार्यक्रम ल्याइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेश दवाडीले जानकारी दिए । पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन र बिकासमा पनि जोड दिइएको छ । नीति तथा कार्यक्रमले करको दायरालाई बढाउने समेत योजना बनाएको छ ।

‘हाम्रो आम्दानीको स्रोत भनेको ढुङ्गा गिट्टी, जडिबुटी, पर्यटन, साना व्यवसाय यीनै त हुन,’ अध्यक्ष धितालले भने, ‘करको दर बढाउने हाम्रो कुनै सोच छैन, दायरामा नभएकाहरुलाई भने करको दायरामा ल्याउन प्रयत्न गर्छौ ।’

संघ प्रदेश र आन्तरिक आम्दानी मिलाएर करिब ४० करोडको बजेट ल्याउन तयारी गरिएको उक्त गाउँपालिकाले जनाएको छ । नीति तथा कार्यक्रम सर्वसहमतीबाट पारित समेत भएको छ ।

Related posts

घेराबन्दीमा परेका प्रधानमन्त्री ओलीको ३ विकल्प

civilkhabar

शिल्पा र दुर्गेशले ल्याए ‘दिलको राजधानी’ (भिडियोसहित)

civilkhabar

दुई चरणमा गरी गोरखामा झण्डै २० हजारले लगाए कोरोना बिरुद्धको खोप

civilkhabar

Leave a Comment