पर्यटन विदेश समाचार

बहराइनका राजकुमार सहितको टोली लिन विशेष जहाज काठमाण्डौ आउने

काठमाण्डौ । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफासहितका सदस्यलाई लिन विशेष जहाज आज काठमाण्डौ आउँदैछ ।

नेपाल आएका बहराइनका राजकुमारसहितको टोलीलाई लिन आज बेलुका साढे पाँच बजे विशेष जहाज काठमाण्डौ आउने भएको हो ।

सगरमाथा आरोहणको लागि राजकुमारसहित १० जनाको टोली गएको चैत २ गते नेपाल आएका थिए राजकुमार सहितको टोलीले वैशाखको २८ गते सगरमाथा आरोहण गरिसकेको छ ।

सगरमाथाको उचाइ बढेर आठ हजार आठ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि अन्तर्राष्ट्रिय आरोहीहरुको पहिलो आरोहणको रुपमा राजकुमारको टोली सगरमाथाको चुचुरोमा पुगेको हो ।

Related posts

हिमपातले सिमकोटमा रोकिएका दुई जहाजले उडान भरे

civilkhabar

मुख्यमन्त्रीमा एमालेकाे समेत दावी, प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना

civilkhabar

असोज मसान्तसम्म थपियाे अन्तःशुल्क इजाजत नवीकरण गर्ने समय सिमा

civilkhabar

Leave a Comment