पर्यटन समाचार

बाक्लो हिमपातका कारण सगरमाथा आरोहणमा गएका एक सयभन्दा धेरै आरोही दोस्रो शिविरमा रोकिए

सगरमाथा क्षेत्रमा बाक्लो हिमपात परेकाले सगरमाथाको दोश्रो शिविरमा झण्डै एक सय जना पर्वतारोही तथा उनीहरूका सहयोगी रोकिएका छन् ।

आरोहणका लागि चौथो शिविरसम्म पुगेका आरोहीहरू मौसम खराब हुने सूचना आएसँगै फर्किएका हुन ।

बङ्गालको खाडीमा सुरु भएको (यास) नामको चक्रवातको प्रभावले अहिले हिमाली क्षेत्रमा हिमपात र हावाहुरी चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्वतारोहणमा गएकाहरूलाई फिर्ता हुन पनि निर्देशन दिएको छ ।

Related posts

गोरखा दरबार पुर्ननिर्माण अलपत्र, दोस्रो पटक थपिएको म्याद पनि सकियो

civilkhabar

चितवनमा रोकियो कोरोना परीक्षण

civilkhabar

गोरखाबाट शंकास्पद दुईजनाको स्वाब परीक्षणका लागि टेकु पठाइयो

civilkhabar

Leave a Comment