प्रदेश ४ समाज हाइलाइट-समाचार

अवसरबाट बञ्चित भयौ ः महिला जनप्रतिनिधि

गोरखा । स्थानीय तहको निर्वाचन भएको झण्डै साढे २ बर्ष बितिसकेको छ । नयाँ संबिधानले स्थानीय तहको हरेक वडामा महिला तथा दलित समुदायबाट प्रतिनिधत्व सुनिश्चित ग¥यो । तर निर्वाचनबाट हरेक वडामा निर्वाचित भएर आएका महिला तथा दलित सदस्यहरुले भने आफुहरु अवसरबाट बञ्चित बन्नुपरेको दुखेसो पोखेका छन् ।

‘हाम्रो भुमिका कार्यक्रममा आसन ग्रहण बन्ने मात्रै हो ?’ प्रश्न गर्दै गोरखा नगरपालिका ३ कि महिला सदस्य सिता दानीले भनिन् ‘हैन भने खोई के हो हाम्रो अधिकार, कहाँ हुन्छ हाम्रो भुमिका ।’

सोमबार नगरप्रमुख राजनराज पन्तले एक कार्यक्रमका बिच महिला र दलित जनप्रतिनिधिसंग गरेको अन्तरकृया कार्यक्रममा उनिहरुले यस्तो दुखेसो गरे । ‘वडामा के हुन्छ हामीलाई थाहै हुदैन’ वडा नम्बर ८ कि सदस्य राधिका कट्टेलले भनिन् ‘अवसर पाउने ठाउँमा पुरुषलाई नै अघि बढाउछन्, हामी हेरेको हे¥यै ।’

त्यस्तै नगरकार्यपालिका सदस्य समेत रहेकी कमला भट्टले महिलाको कार्यक्रममा समेत पुरुषहरुको हस्तक्षेप हुने गरेको नगरप्रमुख पन्तसंग दुखेसो गरिन् । ‘वडामा महिलाको कार्यक्रमको जिम्मा दिइन्छ तर त्यसमा पनि पुरुषकै हावी’ उनले भनिन् ‘महिलालाई अघि बढाउने कुरा नारा मात्रै हो कि ब्यवहारमा पनि हो, बुझ्न सकिएन ।’

वडामा उपभोक्ता लगायतका समिति गठन हुदा समेत आफुहरुलाई जानकारी नहुने गरेको वडा नम्बर ७ कि दलित सदस्य मैना रोकाले बताइन् । त्यस्तै वडाको कार्यक्रम तथा बजेट निर्माण प्रकृयामा समेत महिलालाई पुरुष जनप्रतिनिधीहरुबाट फरक ब्यवहार हुने गरेको वडा नम्बर १४ कि सदस्य पवित्रा विकले दुखेसो गरिन् ।

‘बजेट बनाउदा हामीसंग पनि कार्यक्रम माग्नुहुन्छ तर कार्यक्रम बनाएर दियो, आउनेबेला अर्कै अर्कै आउछ’ उनिले थपिन् ‘निर्णयमा सहि गर्ने बाहेक अरु भुमिका पाइएन ।’ त्यस्तै वडाले सञ्चालन गरेका दलित लक्षित कार्यक्रम समेत प्रभावकारी नभएको वडा नम्बर १३ कि मित्रा परियारले बताईन । विकास निर्माणमा हुने इष्टिमेट नेपालीमा नहुदा बुझ्न समस्या भएको कार्यपालिका सदस्य सावित्रा थापाको गुनासो छ ।

गोरखा नगरपालिका र सोच नेपालको स‍ंयुक्त आयाेजनामा अन्तरकृया कार्यक्रममा भएको हो । १४ वटै वडाको सेवा प्रवाह र कार्यक्रमहरुमा महिला सहभागिताको बिषयमा उनले सदस्यहरुसंग छलफल गरेका हुन् । नगरको सुशासन प्रवद्र्धन, जवाफदेहिता र पारदर्शिता कायम गर्न आफु प्रतिवद्ध रहेको भन्दै नगरप्रमुख पन्तले संविधानले दिएको अधिकारबाट महिलालाई बञ्चित बनाउन नहुने तर्क गरे ।

‘नगरको विकासमा हामी सबैको भुमिका उत्तिकै हुन्छ, सबैको दायित्व र जिम्मेवारी समान हो’ उनले भने ‘आफुले पाएको अधिकारबाट बञ्चित हुनुपर्ने अवस्था अब हुदैन ।’

महिला जनप्रतिनिधीहरुले भोगेको समस्याका बारे थाहा पाउनका लागि अन्तरकृया कार्यक्रम राखेको बताउदै उनले गुनासो सम्बोधनका लागि चाडै नै वडाध्यक्षहरुसंग छलफल गर्ने प्रतिवद्धता ब्यक्त गरे । ‘मलाई सबैका कुरा थाहा हुदैन, त्यै समस्या पत्ता लगाउन तपाईहरु महिला मात्रै सदस्यसंग छलफल गरेको हुँ’ पन्तले भने ‘अबको कार्ययोजना बनाउन यसले थप मद्धत गर्छ भन्ने अपेक्षा हो ।’

सम्बृद्ध नगर निर्माणमा आफु जुटेको बताउदै उनले समस्याबाट भाग्न नहुने तर्क गरे । क्षमताको विकास गर्दै वडाका हरेक गतिविधीमा सहभागी भएर संबृद्ध नगर निर्माणको अभियानमा एकजुट हुन पन्तले आह्वान समेत गरे ।

Related posts

गोरखा-धादिङ जाेड्ने क्षेत्रमा तुइनकाे सट्टा झाेलुङ्गे पुल, स्थानीयकाे दैनिकी फेरियाे

civilkhabar

नेकपा स्थायी समिति बैठक २४ गतेसम्म स्थगित

civilkhabar

थपिए १६७ जना कोरोना संक्रमित, २१३ जना डिस्चार्ज

civilkhabar

Leave a Comment