अर्थ प्रदेश ४ समाचार

गोरखा उद्योग बाणिज्य संघको मनकामना इकाइमा हरि कुमार श्रेष्ठ

गोरखा उधोग बाणिज्य संघ मनकामना बजार ईकाईमा हरि कुमार श्रेष्ठ अध्यक्षमा सर्वसमत चयन भएका छन् । इकाईको सोमबार सम्पन्न बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

जसको उपाध्यक्षमा लिलाम्बर थापा, सचिबमा दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ र सह–सचिबमा खड्क नारायण श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरु ओम माया श्रेष्ठ, अमृत थापा, खोलमान श्रेष्ठ, नुर बहादुर थापा, कलाकार थापा, रमेश मल्ल, बशन्त मल्ल, राजु प्रसाद न्यौपाने, राम जोशी र राज थापा चयन भएको इकाईले जनाएको छ ।

इकाईका कार्यवाहक अध्यक्ष राजन जोशीको अध्यक्षतामा भएको अधिवेशनमा शहिद लखन गाउँपालिकाका प्रमुख रमेशबाबु थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गोरखा उधोग बाणिज्य संघ मनकामना बजार ईकाईको महिला उद्यमी विकास समितिका अध्यक्ष निर्मला श्रेष्ठ, वडा नम्बर ३ का वडाध्यक्ष गणेश थापा, उद्योग बाणिज्य संघका सदस्य गोविन्द गुरुङ लगायत बिभिन्न राजनैतिक दलका प्रतिनिधीले मन्तब्य ब्यक्त गरेका थिए ।

Related posts

महालक्ष्मीको १० औं साधारणसभा सम्पन्न

civilkhabar

गोरखाबाट शंकास्पद दुईजनाको स्वाब परीक्षणका लागि टेकु पठाइयो

civilkhabar

कोरोना भाइरसको परीक्षण नेपालमै, निःशुल्क उपचार गरिने

civilkhabar

Leave a Comment