समाचार समाज

चट्याङबाट बच्न अपनाउनुस् यी पन्ध्र उपाय

हरेक बर्ष नेपालमा चट्याङले ज्यान गुमाउने वा घाइते हुनेको संख्या बढ्दो छ । प्राकृतिक विपत्तिका रुपमा आउने चट्याङका घटना वर्षायाममा बढी हुने गरेको छ ।

अमेरिकन कलेज अफ इमर्जेन्सी फिजिसियनको तथ्यपत्र अनुसार यी १५ बचाउको प्रयासले चटयाङबाट हुने दुर्घटनाबाट जोगिन सकिन्छ ।

. चट्याङ पर्न लाग्दा फलामे पदार्थभन्दा टाढै बस्नुपर्छ ।
२. यस्तो बेलामा सकेसम्म विद्युत उपकरणको प्रयोग गर्नु हुदैँन ।
३. यो बेलामा बिजुलीको पोल छेउमा बस्नु हुदैँन ।
४. सकेसम्म मोबाइल वा टेलिफोनको उपयोग नगर्नु नै राम्रो हुन्छ ।
५. चट्याङ पर्न लाग्दा पानीमा पौडिरहेको भए समतल भूमिमा निस्कनुपर्छ । 
६. चट्याङ पर्न लाग्दा सुरक्षित स्थानमा आश्रय लिनु पर्दछ ।
७. अग्लो वस्तु रूख, झन्डा बाँध्ने पाइप वा बाँस नजिक जानु हुदैँन ।
८. यस्तो बेलामा खुल्ला चौर, खुल्ला संरचना र गाडीमा पनि जानु हुदैँन ।
९. विद्युतको सुचालक वस्तु जस्तैः कम्युटर, टेलिफोनभन्दा टाढा बस्नु पर्दछ ।
१०. चट्याङको आवाज आइरहेको बेला तारवाला फोन उपयोग गर्नु हुँदैन ।
११. आकाशमा बादल तीव्रताका साथ गर्जिरहेको छ भने पक्की भवनमा आश्रय लिनुपर्छ ।
१२. वर्षाको चट्याङ केही समय मात्र हुने भएकाले बाहिर पर्नुभयो भने पर्खनु राम्रो हुन्छ ।
१३. कुनै व्यक्ति चट्याङले प्रभावित भएको भए तुरन्त अस्पताल लानु पर्दछ ।
१४. चटयाङ प्रभावित व्यक्तिको शरीरमा विद्युतीय झड्का रहँदैन त्यसैले यस्ता व्यक्तिलाई छुदाँ कुनै असर पर्दैन ।
१५. चटयाङ पर्दा खुल्ला ठाउँमा भुइँमा पल्टिनु बढी सुरक्षित हुन्छ ।

Related posts

नेपालमा फेरि थपिए ९ कोरोना संक्रमित, संख्या २५८ पुग्याे

civilkhabar

कांग्रेस र जसपा नेताहरुबीच भेट हुँदै

civilkhabar

आइतबार कोरोनाबाट थप १२ जनाको मृत्यु

civilkhabar

Leave a Comment