अर्थ गण्डकी प्रदेश समाचार समाज स्वास्थ्य हाइलाइट-समाचार

क्यान्सर पिडितकाे उपचारमा आर्थिक अभाव, मेयर पन्तले गरे घरमै पुगेर नगद सहयोग (भिडियाेसहित)

गोरखा । आर्थिक अभावमा गोरखामा एक क्यान्सर पिडित महिलाको उपचारमा समस्या भएको छ । गोरखा नगरपालिका वडा नम्बर ११ स्थित बाह्र किलो बजार नजिकै घर भएकी ६८ बर्षिया भुमिता परियारको उपचारमा आर्थिक अभाव भएको हो ।

केहि बर्षदेखि स्तन क्यान्सरबाट पिडित बनेकी परियार रकम अभावकै कारण रोग पालेर घरैमा बस्न बाध्य भएकी हुन ।

आँखा समेत नदेख्ने समस्या रहेकी परियारलाई उनको परिवारले उपचारका लागि बिभिन्न असपताल नलगेको पनि होइन तर चिकित्सकले उपचारमा झण्डै साढे २ लाख रकम खर्च हुने भनेपछि उनिहरु अस्पतालबाट घर फर्किन बाध्य भएका हुन ।

‘छोराबुहारीले उपचार गराउदा गराउदा हैरान भए, जहाँपनि अगाडी पैसा नै सार्नु पर्ने’ पिडित परियारले सिभिलखबरलाइ भनिन ‘उनिहरुसंग पनि पैसा कति हुन्छ र, रिनधन गरेर लगेको पैसा सकिएपछि घर आएर बस्नुप¥यो, डाक्टरले अझै साढे २ लाख लाग्छ भनेका छन्, कहाँ पाउनु त्यत्रो पैसा ?’

धनिले मात्रै संसारमा बाच्न पाउने रहेछ भन्दै पिडितका श्रीमानले आँखाभरी आँसु बनाउदै भने ‘यो संसारको रित नै यस्तै रहेछ, ज्यान हुनलाई पनि धन नै चाहिने’

साथै उनले श्रीमतीको उपचारमा सहयोगको याचना समेत गरेका छन् ।

परियारको अवस्थाका बारेमा शुक्रबार थाहा पाएका गोरखा नगरपालिका मेयर दिउँसो बारकिलो स्थित उनकै घरमा पुगेर केहि आर्थिक सहयोग गरेका छन् । उनले ब्यक्तिगत रुपमा उनको उपचारका लागि भन्दै नगद पाँच हजार रुपैया हस्तान्तरण गरेका छन् ।

त्यस्तै एकिकरण नेपालले ५ हजार नेपाली काँग्रेसका गोरखा नगरसभापति चन्दनबाबु खत्रीले दुई हजार रुपैया पिडितलाई हस्तान्तरण गरेका छन् ।

‘यो रकम प्रयाप्त होइन, तर उनको उपचारका लागि आर्थिक सहयोग जुटाउने अभियानको सुरुवात चाहि हो’ नगरप्रमुख पन्तले भने ‘हामी कार्यालयका तर्फबाट उनको उपचारका लागि अरु सहयोग पनि जुटाउछौ, पहल पनि गर्छौ ।’

साथै उनले परियारको उपचारका लागि आर्थिक सहयोग गर्न सहयोगदाताहलाई आह्वान समेत गरेका छन् ।

हेर्नुस भिडियाेमा पिडित महिलाकाे अवस्था

https://fb.watch/5324aKR5eP/

Related posts

बन्दीपुरमा बढ्न थाले पर्यटक

civilkhabar

बुढीगण्डकी आयोजना ! पुर्नवासको रणनीति बन्दैछ ः प्रचण्ड (भिडियो सहित)

civilkhabar

ग्यासको खाली सिलिण्डरको मूल्य तोकियो

civilkhabar

Leave a Comment