गण्डकी प्रदेश समाचार समाज

देउरालीका २० महिलालाई साबुन बनाउने तालिम

गोरखा । गोरखा नगरपालिका १३ देउरालीका २० जना महिलालाई साबुन बनाउने तालिम दिइएको छ ।

गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा महाकाली बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा २० जना महिलालाई साबुन बनाउने तालिम दिइएको हो । तालिम ५ दिन चलेको तालिमको बिहिबार एक कार्यक्रमका बिच समापन गरिएको छ ।

सहकारीकी अध्यक्ष मित्रा परियारको अध्यक्षतामा भएको समापन कार्यक्रममा गोरखा नगरपालिकाका उपप्रमुख विना कुमारी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उनले महिलालाई स्वरोजगार बनाउदै आत्मनिर्भर बनाउने र आर्थिक उपार्जनको बाटोमा लैजान तालिम दिइएको बताइन ।

कार्यक्रममा कार्यपालिका सदस्यहरु सावित्रा थापा मगर, अप्सरा नेपाली, वडा सदस्य पूर्णिमा दराई, सहकारीकी कोषाध्यक्ष पवित्रा भुजेल, सदस्यहरु एम कुमारी आले, प्रेम कुमारी थापा लगायतले बोलेका थिए ।

Related posts

हत्तै बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

civilkhabar

गोरखा बजारमा एकाविहानै कारमा आगजनी (५ फोटो सहित)

civilkhabar

कालिखोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक अवरुद्ध

civilkhabar

Leave a Comment