अर्थ गण्डकी प्रदेश पर्यटन समाचार समाज हाइलाइट-समाचार

६१ कराेड बढी लगानीमा बनेकाे लाप्राक एकिकृत बस्ती एनआरएनएले बुझायो

गोरखा । लाप्राकको गुप्सीपाखामा निर्माण भएको एकिकृत नमूना बस्ती हस्तान्तरण गरिएको छ ।

गैरआवासिय नेपाली संघ एनआरएनएले धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकको गुप्सीपाखामा निर्माण गरेको उक्त बस्ती बिहीबार एक कार्यक्रमका वीच हस्तान्तरण गरिएको हो । ‘उहाँहरुले विधिवत रुपमा बस्ती हामीलाई बुझाउनु भएको छ,’ स्थानीय समेत रहेका गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ्गले भने, ‘ढिलै भएपनि हामीले नयाँ घर पाएका छौं । ’

कुल ६१ करोड ४० लाख २८ हजार लागतमा निर्माण गरिएको ५७३ घर स्थानीय भूकम्प पिडितलाई बुझाइएको छ । एक कार्यक्रमका वीच राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक शुशील ज्ञवाली र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तको टोलीले बस्ती हस्तान्तरण गरेको हो ।

स्थानीय डम्बरसिंह गुरुङलाई लालपुर्जा दिएर औपचारिक रुपमा बस्ती हस्तान्तरण गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार इकाई (जिमाली) का गोरखाका प्रमुख रामशरणका आचार्यले जानकारी दिए । ‘अहिले एक सय ३० जनालाई लालपुर्जामा वितरण ग¥यौँ,’ उनले भने,‘बाँकी लाभग्राहीहरुको अनलाइन फोटो खिच्ने र विवरण संकलनको काम भइरहेको छ, सबै काम सकेर एक हप्ताभित्रै पुर्जा वितरण गछौँ ।’ प्रत्येक घर तीन आना तीन पैसा जग्गामा निर्माण भएको छ ।

२०७३ बैशाख १२ गते एनआरएनएले उक्त बस्ती निर्माणको सम्झौता गरेको थियो । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले लाप्राकका पुरानो गाउँ पूर्ण जोखिममा परेपछि गुप्सीपाखामा बस्ती निर्माणका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरण, शहरी बिकास मन्त्रालय र एनआएनए वीच त्रिपक्षिय सम्झौता भएको थियो ।

सामुदायीक वन र केही स्थानीयको जग्गा समेत साटेफेर गरी निर्माण गरिएको उक्त वस्तीका सबै घरको लालपुर्जा समेत तयार गरिएको छ ।

Related posts

सोमबार थप ४०३ जनामा कोरोना पुष्टि, ७ को मृत्यु

civilkhabar

कांग्रेसले अघि बढायो क्रियाशील सदस्यता छानबिन

civilkhabar

नेकपा स्थायी समिति बैठक सुरु, अध्यक्ष ओली आएनन्

civilkhabar

Leave a Comment