गण्डकी प्रदेश शिक्षा समाचार

मकैपुर बिधालयलाई लायन्स क्लबकाे सहयाेग

गोरखा । शहिद लखन गाउँपालिका ७ बुंकोटको मकैपुर आधारभूत बिद्यालयकालागि लायन्स क्लब अफ काठमाण्डौं मेट्रो–सिटीले नगद सहित शैक्षिक सामाग्री सहयोग गरेका छ ।

गाउँपालिकाको ७ नम्बर वडा कार्यालयको समन्वयमा क्लबले बिद्यालयलाई ५० हजार नगद सहित ३२/३२ थान ट्रयाकसुट र स्कुल ब्याग सहयाेग प्राप्त भएको वडाध्यक्ष शरण श्रेष्ठले बताए ।

क्लबले एक कार्यक्रम गरी बिद्यालय र बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्लबका अध्यक्ष फत्तबहादुर गुरुङ, वडाध्यक्ष श्रेष्ठ, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गन्जबहादुर गुरुङ, जोन चियरपरर्सन अच्यूतलाल श्रेष्ठ, लायन्स क्बल अफ गोरखाका अध्यक्ष श्यामबावु श्रेष्ठ तथा स्थानिय र क्लबका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

क्लबले शहिद लखन गाउँपालिका ७ बुंकोट कोट गाउँका धनबहादुर श्रेष्ठका अपाङ छोराछोरीहरुलाई समेत नगद ३० हजार सहयोग प्रदान गरेको जोन चियरपर्सन श्रेष्ठले जानकारी दिए ।

Related posts

आजदेखि गण्डकी प्रदेशको विशेष अधिवेशन सुरु

civilkhabar

माओबादी केन्द्र गोरखाले तोक्यो जनवर्गिय संगठन इन्चार्ज

civilkhabar

चार दिनदेखि बेपत्ता अहेव मृत फेला

civilkhabar

Leave a Comment