अर्थ गण्डकी प्रदेश समाचार समाज

गोरखा नगरपालिकामा योजना तर्जुमा र बजेट निर्माण सम्बन्धि अभिमुखिकरण

गोरखा । गोरखा नगरपालिका वडा नम्बर ८ मा योजना तर्जुमाको प्रकृयाका बारे एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

वडाभरका टोलविकास संस्था, वडा समिति तथा स्रोता समुहका पदाधिकारीहरुलाई योजना तर्जुमा तथा बजेट निर्माण प्रकृयाका बारे अभिमुखिकरण गराइएको हो ।

पारस्परिक जवाफदेहिता स्थानीय अभियान अन्तरगत सोच नेपालले आयोजना गरेको कार्यक्रममा स्थानीय सभाका अध्यक्ष भिषण अर्यालको अध्यक्षता र नगरप्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।

अभिमुखिकरण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पन्तले नगरपालिकाले सञ्चालन गर्ने योजना छनौट तथा बजेट निर्माण प्रकृयामा ब्यापक नागरिक सहभागिता चाहेको बताएका छन् । साथै उनले नगरक्षेत्रमा पछाडी परेका र पारिएका समुदायकाे समेत यस प्रकृयामा भुमिका बढ्ने र बढाउने गरी याेजना बनेकाे जानकारी दिए ।

योजना तर्जुमाका सात चरणलाई प्रभावकारी रुपमा सम्पन्न गर्न १४ वटै वडाध्यक्षहरुलाई आफुले निर्देशन दिइसकेको बताउदै पन्तले हरेक प्रकृयामा नागरिक सहभागिता ग्यारेन्टी गर्ने गरी योजना अघि बढाएको बताएका छन् ।

साथै उनले सोच नेपाललाई अन्य १३ वटा वडामा समेत अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् । सोही अवसरमा बोल्दै उपप्रमुख विनाकुमारी श्रेष्ठले कोरोना भाइरसको जोखिमलाई न्यूनिकरण एवं रोकथाम अभियानमा नगरपालिकालाई सबै टोलविकास संस्थाहरुको साथ आवस्यक रहेको बताएकी छिन् ।

कार्यक्रममा बजेट तथा योजना तर्जुमाका चरणहरु बित्तिय हस्तान्तरणको खाका र मार्गदर्शन प्राप्ती, श्रोत अनुमान र कुल बजेट सीमा निर्धारण। बस्ती/टोल स्तरमा योजना छनौट, वडा स्तरीय योजना प्राथमिकिकरण, एकिकृत बजेट तथा कार्यक्रम तर्जुमा, कार्यपालिकाबाट स्विकृती र सभाबाट स्विकृती गरी सात चरण र प्रकृयाका बारे जानकारी गराइएको थियो ।

साथै स्थानीय सरकारका अधिकार, क्षेत्र लगायतका बारे कानूनी जानकारी समेत गराइएको सोच नेपालका अब्जल मियाँले जानकारी दिए ।

अभिमुखिकरण कार्यक्रमलाई गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त र समाजिक शाखा प्रमुख विजय भक्त उपाध्याय र सोच नेपालका जिल्ला अधिकृत मोहसिन अलि मियाँले सहजीकरण गरेका थिए । कार्यक्रमको समापन गोरखा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष कृष्ण बहादुर खत्रीले गरेका हुन ।

Related posts

डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध

civilkhabar

धरौटी बुझाएर छुटे भाइरल युवक अर्जुन

civilkhabar

घट्यो सुनको मूल्य

civilkhabar

Leave a Comment