समाचार समाज स्वास्थ्य

थप ७८ जनामा कोरोना पुष्टि, एकको मृत्यु

काठमाडौं । नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ७८ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार १ सय ४३ पुगेको छ।

पछिल्लो २४ घन्टामा ८२ जना निको भएर घर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ४०७ पुगेको छ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन्। योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट दुई हजार ७ सय ७४ पुगेको छ।

Related posts

नेपाल राष्ट्र एकीकरणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय : प्रधानमन्त्री

civilkhabar

३ लाख नगदसहित जुवाको खालबाट वडाध्यक्ष पक्राउ

civilkhabar

नयाँ वर्षको अवसरमा दराजले ल्यायो यस्तो अफर

civilkhabar

Leave a Comment