राजनीति समाचार

रघुजीविरुद्ध अदालत जाने कोमल वलीको चेतावनी

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले नेकपाको प्रचण्ड—नेपाल पक्षका नेता रघुजी पन्तले आफूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै अदालत जाने चुनौती दिएकी छिन्।

दाङमा रहेकी वलीले काठमाडौं आएपछि अदालत जाने बताएकी हुन् । नेता पन्तले निच अभिव्यक्ति दिएको पनि उनले बताएकी छन् ।

वली नेकपामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपामा छिन्।

पन्तले शनिबार पार्टीको एउटा भेलामा ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद तिनै भइन्। कपाल फुलेका बुढी कामरेडहरू न एकपटक राष्ट्रिय सभा सदस्य हुन पाएका छन् न त केन्द्रीय सदस्य हुन पाएका छन् ’ भन्दै टिप्पणी गरेका थिए।

Related posts

सिरानचोकका एक कर्मचारीमा कोरोना संक्रमण, कार्यालयको सेवा एक हप्ता बन्द

civilkhabar

संसद पुनर्स्थापना वा चुनाव दुबैका लागि तयार होऔं : देउवा

civilkhabar

संसद विघटनले संविधानको पाना च्यातिएको छ : नेता पाण्डे

civilkhabar

Leave a Comment