मनोरञ्जन समाचार

स्वस्तिमाले साइन गरिन् साउथ चलचित्र ‘थिरिमाली’

काठमाडौं । नायिका स्वस्तिमा खड्काले साउथ चलचित्र ‘थिरिमाली’ साइन गरेकी छिन् । काठमाण्डौको एक पाँच तारे होटलमा नायिका खड्का र चलचित्रको निर्माणपक्षविच कागजी संझौता भएको छ ।

स्वस्तिमाले चलचित्र साइन गरेपछि आफूलाई यो चलचित्रबाट धेरै कुरा सिक्न र करिअरलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।

नायिका खड्काले चलचित्र ‘चिसो मान्छे’मा काम गरेपछि यो चलचित्रका लागि समय दिनेछिन् । यो चलचित्रको छायांकन ७० प्रतिशत नेपाल र ३० प्रतिशत भारतमा हुनेछ ।

राजिव सेट्ठीले निर्देशन गर्ने यो चलचित्रलाई दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज् र नेपालको तर्फबाट अनन्या फिल्मस्ले निर्माण गर्नेछन् ।

चलचित्रमा विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्माको मुख्य भूमिका रहनेछ । नेपालबाट स्वस्तिमा, माओत्से गुरुङ र केही थिएटरका कलाकारको अभिनय रहने छ ।

यो चलचित्रको छायांकन नेपालको काठमाण्डौ र मुस्ताङमा हुनेछ ।

Related posts

झाँक्रीलाई तत्काल रिहा गर्न राप्रपा अध्यक्ष थापाको माग

civilkhabar

राप्रपाले बुझायो प्रधानमन्त्री ओलीलाई २२ बुँदे ज्ञापनपत्र (ज्ञापनपत्रसहित)

civilkhabar

युवाहरुले लिए सामाजिक जवाफदेहिताका औजारका बारे भर्चुअल तालिम

civilkhabar

Leave a Comment