प्रदेश ३ राजनीति समाचार

गृहमन्त्री थापाले हटाए स्वकीय सचिव

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वकीय सचिव बीरु तामाङलाई हटाएका छन् । आफ्नो सचिवालयमा बसेर पुष्पकमल दाहाल प्रचण्डसँग सूचना चुहाएको आरोप तामाङमाथि लगाइएको छ ।

गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार तामाङलाई ३० माघ गतेबाटै लागू हुने गरी हटाइएको छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको थियो । त्यसक्रममा बादल ओली समूहतिर लागेका थिए ।

तर, तामाङले बादलसँग बसेर ओली समूहविरुद्ध भूमिका खेलेको आरोप लगाइएको छ ।

Related posts

नयाँ प्रपंच गरिरहेको ओलीलाई विदागर्न ढिलाइगर्नु प्रतिपक्षको धर्म अनुकूल भएन : बाबुराम भट्टराई

civilkhabar

गोरखामा शनिबार थप १९० जनाले लगाए कोरोना बिरुद्धको खोप

civilkhabar

आज कति छ सुनको मूल्य ?

civilkhabar

Leave a Comment