गण्डकी प्रदेश समाचार समाज हाइलाइट-समाचार

धार्चेका कर्मचारीलाई वार्षिक तीन दिन भ्रमण बिदा

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाले कर्मचारीहरुलाई तीन दिनको भ्रमण बिदा दिने भएको छ । शुक्रबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले कर्मचारीहरुलाई भ्रमण बिदा दिने निर्णय गरेको हो ।

‘धार्चे पर्यटकीय स्थलहरुले भरिएको गाउँपालिकाका हो,’ अध्यक्ष सन्तोष गुरुङले भने,‘देशका विभिन्न ठाउँबाट यहाँ कर्मचारी कामका लागि खटिनु हुन्छ । तर कार्यव्यस्तताले घुम्ने मौका नमिलिकन उहाँहरुको सरुवा हुन्छ । त्यसैले उहाँहरुलाई वर्षमा तीन दिन धार्चेका गाउँबस्ती घुम्ने अबसर प्रदान गर्ने लागेका हौं ।’

यस कार्यबाट कर्मचारीले धार्चेका गाउँबस्ती बारे जान्ने मौका प्राप्त गर्ने छन् । उनीहरुको सरुवा भइसकेपछि पनि अन्य जिल्लामा गएर प्रचार गर्न सक्ने भएकाले यो कार्यक्रम उपलब्धीपूर्ण हुने अध्यक्ष गुरुङ्गको विश्वास छ ।

कार्यक्रम भने आगामी बैशाख १ गतेबाट सुरु हुनेछ । ‘उहाँहरु हाम्रो ७ वटै वडाका जुनसुकै गाउँमा जान सक्नु हुन्छ,’ उनले भने, ‘तर घुमेर फर्केपछि तस्बिर सहितको भ्रमण प्रतिवेदन हामीलाई बुझाउनु पर्नेछ । प्रतिवदेनमा त्यहाँका राम्रा पक्ष र सुधार्नु पर्ने कुराहरुको बारेमा पनि सुझाव दिन सकिने छ । ताकी हामीलाई त्यहाँ बिकास निर्माणका काम गर्न पनि त्यसले सहयोग पुगोस् ।’ त्यसरी जाने कर्मचारीका लागि भ्रमण भक्ताको पनि व्यवस्था गरिने उनले बताए ।

पर्यटनलाई मुख्य प्राथमिकता दिइएको उक्त गाउँपालिकाले विभिन्न पूर्वाधारहरु निर्माण गरिरहेको छ । धार्चेको वडा नम्बर ४ लाप्राकको गुप्सीपाखामा गैरआवासीय नेपाली संघ एनआरएनएले निर्माण गरेको एकिकृत नमूना बस्ती पर्यटकहरुका लागि आर्कषक गन्तव्यको रुपमा बिकास भइरहेको छ । भूकम्पको केन्द्रबिन्दु बारपाक देखि लाप्राक, गुम्दा माछिखोला सम्मको इपिसेन्टर एडभेञ्चर टे«ल निर्माण गरिएको छ ।

जहाँ साइकल दौड प्रतियोगिता समेत भइसकेको छ । यसैगरी वडा नम्बर ७ को लापुबेंसीमा रहेको नौलीखोलाको झरनामा क्यानोनिङ सञ्चालन गरिएको छ ।

जिपलाइन, रकक्लाइमिङ, ¥याफ्टिङ लगायतका खेलहरु सञ्चालनका लागि विभिन्न पूर्वाधार समेत निर्मााण गरिरहेको गाउँपालिका उपाध्यक्ष फुलमायाँ गुरुङले जानकारी दिइन ।

‘यति मात्र होइन हामीले सबै वडाका गाउँबस्तीमा होमस्टे सञ्चालनका लागि कुक टे«निङ पनि दिइसकेका छौं,’ उनले भनिन् ‘यहाँका हरेक बस्तीमा आफ्नै मौलिक कला सस्कृती छ । घुम्न जानेहरुले त्यो सबै देख्न पाउनु हुन्छ ।’

कर्मचारीको सरुवा देशका विभिन्न ठाउँमा भइरहने हुँदा उनीहरुले यहाँको कला सस्कृती र मनोरम स्थलहरुको बारे अन्यत्र गएर पनि जानकारी दिने भएकोले यो कार्यक्रम निकै महत्वपूर्ण हुने धार्चे गाउँपालिकाले विश्वास लिएको छ । भ्रमणले कर्मचारीहरुले भुगोल र जनताको अपेक्षा बारे पनि थाहा हुने भएकाले कार्य दक्षता पनि बढ्ने अध्यक्ष गुरुङले बताए ।

कार्यपालिका बैठकले पर्वत आरोही तुलसिहं गुरुङलाई पर्वतारोहण सद्भावना दुत नियुक्त गर्ने निर्णय गरेको छ । लाप्राकमा निर्माण गरिने जिप लाइन परियोजना सहकारीको मोडलमा निर्माण गर्ने निर्णय पनि भएको छ ।

यसैगरी धार्चे गाउँपालिका भित्रका सामुदायीक विद्यालयहरुमा आइसिटीको अबस्था र सम्भाव्यता अध्ययन गरी बैशाख १ गते प्रतिवेदन सार्वजानिक गर्ने निर्णय समेत बैठकले गरेको छ । गाउँपालिकाको केन्द्र माछाखोलामा हाटबजार तथा कोशेली घर सञ्चालनमा ल्याइने भएको छ । स्थानीय उत्पादन ढुवानीका लागि गाउँपालिकाले सडकबाटो पुगेको ठाउँसम्म ढुवानी अनुदान दिने पनि निर्णय भएको छ ।

Related posts

प्रधानमन्त्रीको उपचार खर्च : २ लाख ५४ हजार

civilkhabar

सात करोडको छोकडा बन्दरगाहमा रोकियो

civilkhabar

गण्डकी प्रदेशको विकास समिति सभापति कोइरालालाई कोरोना पुष्टि

civilkhabar

Leave a Comment