गण्डकी प्रदेश राजनीति समाचार हाइलाइट-समाचार

होटल संघ गोरखाको अध्यक्षमा खत्री, महासचिवमा तिमिल्सिना चयन

गोरखा । होटल संघ गोरखाको अध्यक्षमा अञ्जनबाबु खत्री चयन भएका छन् । संघको शुक्रबार गोरखा सदरमुकाममा भएको पाँचौ अधिवेशन तथा साधारणसभाले खत्रीलाई सर्वसमत अध्यक्षमा चयन गरेको हो । खत्रीले हरमटारीचोकमा होटल सत्यम सञ्चालन गर्दै आएका छन् ।

त्यस्तै संघको बरिष्ठ उपाध्यक्षमा केशव कुवँर चयन भए । उनि लक्ष्मी बजारको गोरखा गाउँ रिसोर्टका सञ्चालक हुन । उपाध्यक्षमा लोकतान्त्रिक होटलका सञ्चालक खड्ग श्रेष्ठ (क) चयन भएका छन् ।

यसैगरी महासचिवमा निधी तिमिल्सिना चयन भएका छन् । उनि हरमटारीकै होटल गोरखा प्यालेसका सञ्चालक हुन ।

त्यस्तै सचिवमा सोम श्रेष्ठ चयन भए । श्रेष्ठ सतिपिपल स्थित क्याफे दि चौतारीका सञ्चालक हुन । अधिवेशनले कोषाध्यक्षमा गोपाल गुरुङलाई सर्वसमत चयन गरेको छ । उनि चिल्ड्रेनपार्क नजिकै रहेको ब्याम्बो होटलका सञ्चालक हुन ।

यसैगरी संघले गौरी गुरुङ, रश्मी गुरुङ, सुरेशकुमार श्रेष्ठ, रबिन राना, सिलोन श्रेष्ठ, सुमन श्रेष्ठ, मिक गुरुङ, मिलन रानालाई सदस्यमा चयन गरेको निर्वाचन अधिकृत यादब शर्माले बताए ।

संघका अध्यक्ष सत्यमान श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा नगरप्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।

Related posts

भरतपुरमा मृत्यु भएका वृद्धको काेराेना रिपोर्ट नेगेटिभ आयाे

civilkhabar

अबदेखि आवेदन दिएको ४ महिनामै लाइसेन्स पाइने

civilkhabar

विवेकशील साझा पार्टीको युवा संगठन समायोजन

civilkhabar

Leave a Comment